Hindi Films

२०१५ मा शाहरुख, सलमान र अमिताभ विच भिडन्त हुने

Unknown | 07:09 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यस्ता छन बलिउडका बहुप्रतिक्षित फिल्म २०७१ पुष १८ गते सन् २०१५ मा कुन कुन फिल्म कुन मितीमा प्रदर्शन हुनेछ भन्नेमा बलिउड फिल्मकर्मी जानकार छन् । अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले केही फिल्म रिलिजको तिथीसँगै ती फिल्ममा बारेमा आंशिक जानकारी समेत दिएको छ । यो वर्ष अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, अक्षय कुमार लगायतको फिल्म प्रदर्शन हुने छ भने, अमिर खान र अजय देवगणको कुनै फिल्म लाइनमा छैन् ।
शाहरुखका दुई फिल्म शाहरुख खानले दोहोरो भुमिका निर्वाह गरेको ‘फयान’ यही बर्ष सार्वजनिक हुने छ । मनिष शर्माको निर्देशन रहेको यो फिल्म आदित्य चोपडाको लगानीमा बनेको छ । १४ अगस्तमा रिलिज हुने यस फिल्ममा शाहरुखको फ्यानको भुमिका वाणी कपुरले रहेकी छिन् । राहुल ढोलकियाको निर्देशन रहेको ‘रइश’ पनि यसै वर्ष रिलिज हुने छ । यस फिल्ममा शाहरुखसँग फरहान अख्तर, नवाजुद्धिन सिद्दकी र माहिरा खान रहेका छन् । सलमानका चार फिल्म गएको वर्ष दर्शकमा राम्रै प्रभाव पारेका सलमान खानको यो वर्ष दुई फिल्म प्रदर्शन हुने भएको छ । सुरज बड्जात्याको फिल्म ‘प्रेम रतन धन पाया’ मा सलमानले सोनम कपुरको प्रेमीको भुमिका निर्वाह गरेका छिन् । अर्को फिल्म ‘बजरंगी भाइजान’ पनि उनको प्रतिक्षित फिल्म हो । एक था टाइगर निर्देशक कबीर खानले बनाउने यस फिल्ममा सलमानको अतिरिक्त करिना कपुर, नवाजुद्धिन सिद्दकी, इमरान हासमी लगायतका कलाकारले अभिनय गरेका छन् । यही साल उनी अक्षयकुमारको एक फिल्ममा अतिथि कलारकार बनेर देखिने छन भने अर्को एक फिल्ममा पनि उनी अतिथिका रुपमा देखिने छन् । अमिताभका तीन फिल्म यो वर्ष अमिताभ बच्चन अभिनित तीन फिल्म प्रदर्शन हुने छन् । ६ फेब्रुअरिमा ‘शमिताभ’ रिलिज हुने छ । यस फिल्ममा दक्षिण भारतीय अभिनेता धनुष, अमिताभ बच्चन र कमल हसनकी छोरी अक्षरा हसनले मुख्य भुमिका निर्वाह गरेका छन् । ‘पा’ र ‘ङंग्लीस विग्लीस’ को निर्देशन गरेका आर बाल्कीले यस फिल्मको निर्देशन गरेका छन् । अभिताभकै अभिनय रहेको अर्को फिल्म ‘पिकु’ ३० अपि्रलमा रिलिज हुने छ । अमिताभ बच्चन र दीपिका पादुकोणले यसमा मुख्य भुमिका निर्वाह गरेका छन् । अर्को फिल्म ‘वजीर’ पनि यहि वर्ष प्रदर्शन हुने भएको छ । यसमा फरहान अख्तर देखिएका छन् अमिताभ बच्चनका साथमा । अमिर र अजयको फिल्म छैन ‘पिके’ को प्रदर्शनमा ब्यस्त रहेका अमिर खानले यो वर्ष नयाँ फिल्म ल्याउने सम्भावना देखिदैन । ‘दंगल’ नाम राखेर फिल्म बनाउने घोषणा गरेका अमिर यस फिल्ममा पहलमानको भुमिकामा हुने छन् । तर, उनको फिल्म सन् २०१५ मा नभै सन् २०१६ मा मात्र रिलिज हुने बताइएको छ । अर्का नायक अजय देबगणको पनि यो वर्ष नयाँ फिल्म आउने सम्भावना छैन । यो वर्ष उनी आफैले फिल्म निर्देशन गर्ने भएकाले पनि अन्य फिल्मलाइ महत्व दिएका छैनन् । अक्षयका ३ फिल्म अक्षयकुमार बर्षमा सवैभन्दा धेरै फिल्म खेल्ने हिरोका रुपमा चिनिन्छिन् । अक्षयकुमार अभिनित फिल्म ‘बेबी’ जनवरीमा रिलिज हुने छ । यस फिल्ममा मुख्य भुमिका निर्वाह गरेका छन् अक्षय कुमार, राणा दग्गुबाती र अनुपम खेरले । यस फिल्मको निर्देशन नीरज पाण्डेले गरेका छन् । पाण्डेले यस अघि ‘अ वेनसडे र ‘स्पेशन २६’ निर्देशन गरेका थिए । जुन फिल्मको निकै प्रसंसा पाएका थिए । अक्षयको ‘सिंह इज किङ’ हिट भएको थियो । शायद त्यहि कारण पनि हुनसक्छ । ‘आर राजकुमार’ का निर्देशक प्रभु देवाले अक्षय कुमारसंगै ‘सिंह इज ब्लिंग’ बनाएका छन् । यो फिल्म पनि यहि वर्ष प्रदर्शन हुने भएको छ । यसको निर्देशक रहेका छन् बिजय नम्बिरआर । जसले यसअघि शैतान र पिज्जाको निर्देशन गरेका थिए । यो फिल्म ६ मार्चमा रिलिज हुने भएको छ । सोनाक्षी सिन्हा, श्रुती हसन, सलमान खानसंग अक्षयले अभिनय गरेको फिल्म ‘गब्बर’ पनि यसै वर्ष प्रदर्शन हुने भएको छ । पि्रयंका चोपडा, कटि्रना कैफ, करिना कपुर, दीपिका पादुकोण, अलिया भट्ट, विद्या वालन, सोनम कपुर, अनुष्का शर्मा लगायतका हिरोइनले अभिनय गरेको फिल्म यसै वर्ष रिलिज हुने भएको छ । अन्य नायकहरु रणबीर कपुर, इमरान हासमी, आदित्य रोय लगायतको फिल्म रिलिज हुने भएको छ । अर्जुन रामपाल, ज्याकलिन फर्नाडिस र रणबीर कपुरको मुख्य भुमिका रहेको ‘राय’ १३ फेब्रुअरिमा रिलिज हुने भएको छ । ‘दिल धड्कने दो’ ५ जुनमा ‘दिल धडकने दो’ का निर्देशक रहेका छन् जोया अख्तर । यस फिल्ममा पि्रयंका चोपडा, अनुष्का शर्मा, रणबीर सिंह, फरहान अख्तर, अनिल कपुर, शेफाली शाहले अभिनय गरेका छन् । आउदो ५ जुनमा फिल्म रिलिज हुने भएको छ । ‘फितुर’ एउटा रोमान्टिक फिल्म हो । यसमा कटि्रना केफ र आदित्य रोय कपुरले मुख्य भुमिका निर्वाह गरेका छन् । डिसेम्बरमा फिल्म रिलिज हुने भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments