Hindi Films

भारतीय सेनाले पछ्याएपछि पाकिस्तानी डुङ्गाले आफैँलाई विस्फोट गरायो

Unknown | 06:09 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष १८ शुक्रबार नयाँ दिल्ली: भारतीय सेनाले समुद्रमा उच्च गतिमा पछ्याएपछि उनीहरूको हातमा आफूलाई पर्न नदिन पाकिस्तानी माछामार्ने प्रयोजनको एक डुङ्गाका चालकले आफैँलाई विस्फोट गराइ उनीहरूको डुङ्गा डुबाएको जानकारी अधिकारीहरूले शुक्रबार दिएका छन् । पाकिस्तानको बन्दरगाहयुक्त नगर कराची नजिकैबाट आएको उक्त डुङ्गाका चारै व्यक्तिको नयाँ वर्षको पूर्वसन्ध्यामा अरेबियाली सागरमा भएको उक्त नाटकीय घटनामा मृत्युभएको विश्वास गरिएको जानकारी भारतीय प्रतिरक्षा मन्त्रालयले दिएको छ ।
भारतीय तटरक्षक जहाज तथा विमानले उक्त जहाजलाई पाकिस्तानसँगको सामुद्रिक सीमामा गुजरात राज्यको तटीय क्षेत्रबाट ३६५ किलोमिटरको दूरीमा नियन्त्रणमा लिन प्रयास गरेको थियो । उनीहरूलाई उक्त डुङ्गाका बारेमा गुप्तचरबाट सूचना प्राप्त भएको थियो । प्रतिरक्षा मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त डुङ्गा समुद्रको भारतीय पक्षको सीमाबाट भाग्न खोज्दै त्यसले आफ्नो गति बढाएको र उक्त डुङ्गालाई पछ्याउने कार्य एक घण्टासम्म भएको जानकारी दिइएको छ । चेतावनीयुक्त गोली प्रहार गरेपछि उक्त डुङ्गा रोकिएको, त्यसमा रहेका चार व्यक्ति त्यसपछि ढुङ्गाको तल्लो भागमा गएको, उनीहरूले त्यसमा आगो लगाएको र त्यसपछि त्यहाँ ठूलो विस्फोट देखिएको बताइएको छ । अन्धकार, खराब मौसम तथा कडा हावाका कारण उक्त ढुङ्गा र त्यसमा रहेका व्यक्तिलाई जोगाउन नसकिएको, उक्त डुङ्गा जनवरी १ को सुरुका घण्टामा जलेको र सोही स्थानमा डुबेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिरक्षा मन्त्रालयले ती चालकले केही गैरकानुनी कारोबार गर्ने योजना बनाएको र त्यस ढुङ्गामा विस्फोटक पदार्थ भएको उल्लेख गरेको छ । यस घटनाले सन् २००८ मा पाकिस्तानी लडाकू भारतको वित्तीय राजधानी मुम्बईमा प्रवेश गरी ६० घण्टासम्म आक्रमण गरेको र त्यसका कारण १६६ व्यक्तिको मृत्युभएको सम्झना गराएको बताइएको छ । गत साता पाकिस्तानको एक अदालतले मुम्बई आक्रमणका योजनाकारलाई जमानतमा रिहा गर्ने निर्णय गरेपछि भारतले त्यसको क्रुद्ध विरोध जनाएको थियो भने हाल ती व्यक्तिलाई पुनः हिरासतमा राखिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments