Hindi Films

"कहिल्यै नबिर्सने न्यु इयर"

Unknown | 07:59 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, पुस १८ - स्थान : द ओल्ड हाउस, दरबारमार्ग समय : दिउँसो २ बजे सन्दर्भ : न्यु इयर खैरो ज्याकेट, मफलर, कालो पाइन्टमा खैरै बुट लगाएकी युवती र कालै कोट पाइन्टमा सजिएका एक युवकको जोडी रेस्टुरेन्टभित्र पस्यो । रेस्टुरेन्टका टेबल खाली नै थिए । तर, उनीहरूले झ्याल छेवैको टेबल रोजे । युवती अलिक नर्भस देखिएकी थिइन्, युवकभन्दा । अंग्रेजी मितिको नयाँ वर्ष मनाउन रेस्टुरेन्ट आएका उनीहरू रोमान्टिक देखिनु स्वाभाविकै थियो । 'के खाने ?' उनीहरूले मेनु पल्टाउन थाले । बाहिर चिसो मौसम थियो । बिहान हल्का पानी परेकाले अरू दिनभन्दा बढी जाडोको अनुभूति भइरहेको थियो । जाडोयामको सिजनेवल फुड के हुन सक्छ ? केही समय दुवैजना मेनुमा अल्मलिए । 'एस्क्युज मी' अडर कुरिरहेका वेटर आफैं बोले, 'मःम', 'क्यापचिनो', 'कोकोनट लिची मार्टिनी', 'टुना' र 'अस्टि्रज, के लिनुहुन्छ ? अब दुवैले वेटरले नै उच्चारण गरेका डिसहरू भटाभट अर्डर गर्न थाले । टेबल बिस्तारै परिकारहरूले भरिन थाल्यो । जाडो झन् बढ्दै थियो । तातो बनाउन हिटर नजिकै सारिदिए वेटरले । खाना, मौसम र न्यु इयर, यी तिनवटै संयोगले दिन र सेलिब्रेसनको मुड रोमान्टिक बन्दै थियो । एकअर्कालाई आमनेसामने पारेर बसेका उनीहरूले परिकार चखाउँदै माया दर्साउन थाले । कृपा खड्काले अलिक लजालु स्वभाव देखाइन् । तैपनि ब्वाइप|mेन्ड अनील थापाले दर्साएको सम्मान र प्रेमलाई थप हौसला दिइरहेकी थिइन् । खानेकुराको पिस चम्चाको सहायतामा उठाउँदै 'लौ आँ गर त' भन्दै अनीलको मुखमा खुवाइदिइन् कृपाले । अनील झन् रोमान्टिक मुडमा देखिए । आवश्यकभन्दा बढी नै मुख खोलेर उनले कृपालाई हँसाउन थाले ।
खानपानको करिब दुई घन्टापछि मात्रै उनीहरूले कफी अर्डर गरे । ठीक यसै बेला एक वेटरले 'कम्प्िलमेन्ट्री' भन्दै चक्लेट फ्लेवरको 'केक' टेबलमा ल्याइदिए । 'ह्याप्पी न्यु इयर' लेखिएको 'केक' लाई कृपाले चक्कुले बिस्तारै काटिन् । अनीलले पहिला केकको एक टुक्रा कृपालाई खुवाए । यति बेलासम्म तीन घन्टा बितिसकेको थियो । जाने सुरसार कस्दै अनीलले बिल मागे । बिल हेरे र खल्तीमा हात राखे । एकैपटक भेटिने पर्स उनले दुईपटक छामे, भेटिएन । 'अचम्मै भो,' उनले फेरि सियो हराएजस्तै खल्तीमा पर्स खोज्न थाले । कतै फेला नपरेपछि उनले 'ला मेरो वालेट हराएछ' भन्दै कृपातिर हेरे । रेस्टुरेन्टको वरिपरि अरू ग्राहकलाई देखेर कृपा सुस्तरी बोल्दै थिइन्, 'कस्तो कियरलेस गरेको ?' वरिपरिकाहरू सबै हाँस्न थाले । कृपा र अनील रातै देखिए । कृपाले बिल हेरिन्, जिब्रो निकाल्दै अचम्म भाव दर्साइन्, ६ हजार पुग्न १७ रुपैयाँ बाँकी रहेछ बिलमा । के गर्ने ? जतिसुकै भए पनि बिल त तिर्नै पर्‍यो । दुवैजनाले फोन डायल गर्न थाले नजिकका साथीभाइलाई । तर, लागे पो ? रातै भएका उनीहरू अघिल्तिर तीन घन्टादेखि सेवा गर्दै आएको उही वेटरले फेरि 'कम्प्िलमेन्ट्री गिफ्ट' भन्दै चम्किलो कागजमा सजिएको बक्सटेबलमा राखिदिए । उता बिल तिर्ने पैसा नभएको तनाब, यता फेरि कम्प्िलमेन्ट्री ? खोल्नु कि नखोल्नु । द्विविधामा पर्दै कृपाले बाध्यताबश बक्स बेरिएको कागज खोलिन् । कालो बक्समा केही लेखिएको थियो । अनीलले आँखा जुधाउँदै 'पढ्न' भने । कृपाले हेल्चेक्रयाइँ भावमा हेरिन् मात्रै, अनि 'पढिसकें' भन्दै टारिन् । अनीलले फेरि पढ्न आग्रह गरे । कागजमा बिहान अनीलले मोबाइलमा ह्याप्पी न्यु इयरको म्यासेज जे पठाएका थिए त्यही लेखिएको थियो । कृपाले अचम्म मान्दै गिफ्ट खोलिन् । सेतो कभर बाहिर 'आईप्याड' लेखिएको थियो । कसरी, कहाँ बाट ? भन्ने प्रश्न गर्न नपाउँदै एमएनएसका मिडिया टिमले क्यामेरासहित 'ह्याप्पी न्यु इयर एन्ड कंग्रयाचुलेसन' भन्दै उनीहरूलाई घेर्न थाले । मुस्कुराउँदै अनीलले पनि कृपालाई 'हग' गर्दै 'ह्याप्पी न्यु इयर विस' गरे । अनाचक प्रेमीको यो सरप्राइज देखेर कृपा भावुक भइन् । काठमाडौं पोस्टको साप्ताहिक सप्लिमेन्ट एमएनएसले 'लिभ इट अप' क्याम्पेनको पहिलो संस्करणका रूपमा अनीललाई विजेता चुनेको थियो । यसै अनुरूप अनीलले एमएनएसको सहयोगमा यस्तो सरप्राइज योजना बनाएका थिए । उदयपुर, गाईघाटका कृपा र अनील गर्लप|mेन्ड ब्वाइप|mेन्डभन्दा पहिला छिमेकी र स्कुले साथी थिए । सानैदेखिको मित्रतालाई यी दुईले धेरैपछि मात्रै प्रेममा बदलेका रहेछन् । नर्सिङ पेसामा आबद्ध कृपा र एक गैरसरकारी संस्थामा काम गर्ने अनील व्यस्तताका कारण महिनामा एक-दुईपटक मात्रै भेट्ने र आफ्ना भावना साटासाट गर्ने अवसर जुराउँदै आएका थिए । कृपाले सधंै 'आईप्याड' चलाउने रहर सुनाइरहन्थिन् । अनील यसलाई मनको भित्री कुनामा राखिराखेका थिए । वर्षको अन्तिम महिना डिसेम्बरदेखि नै एमएनएसको 'लिभ इट अप' क्याम्पेनमा 'एक दिन, एक इच्छा र एक लाख' थिममा आफ्नो चाहना पूरा गर्न के कस्तो योजना बनाउनुहुन्छ ? भन्ने आहान थियो । अनीलले लेखेर पठाएअनुसारको चाहनालाई नाटकीय ढंगमा न्यु इयरको दिन देखाइएको एमएनएसका प्रोडुसर सोनाम लामाले बताए । कृपाचाहिँ उपहार पाउँदासमेत पत्याइरहेकी थिइनन् । यदि पर्स साँच्चिकै हराएको भए ? उनको दिमाग त्यहीनेर अल्भिmरहेको थियो । खासमा यदि त्यसो भएको थियो भने उनले अनीललाई निकै गाली गर्ने सोच बनाएकी थिइन् रे । 'वट्, कुरो अर्कै रहेछ,' कृपाले लामो श्वास तानिन्, 'कहिल्यै नबिर्सने न्यु इयर मनाएँ यसपटक ।' सोनामका अनुसार 'लिभ इट अप' क्याम्पेनमा ८ सयभन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये अनीलको योजनाले मन छोएको थियो । विजेतालाई सीधै रकम नदिएर एक लाख बराबरको गिफ्ट र योजना पूरा गरिएको सोनामले दाबी गरे । यस्तै, विभिन्न क्रिएटिभ थिममा आधारित भएर 'लिभ इट अप' क्याम्पेनलाई निरन्तरता दिनेसमेत उनले जनाए । 'गिफ्ट दिनु र लिनुभन्दा पनि इमोसन र फिलिङस्लाई महत्त्व दिन यस्तो गरिएको हो,' सोनामले भने, 'किनभने हरेक सम्बन्धको चुरो भनेकै फिलिङस् हो ।'
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments