Hindi Films

नायिका नै गायब भएपछि प्रचार गरिदिने कसले ?

Unknown | 07:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पुष २३ गते चलचित्र ‘म तिम्रै भैसके’को प्रदर्शन समयमा नायिका ऋचा सिंह ठकुरी सम्पर्कमा नआएपछि निर्देशक विकास आचार्य तनावमा देखिएका थिए । नायिका नहुँदा प्रचारमा अप्ठ्यारो परेको उनको भनाई थियो । चलचित्र चलाउँदा कलाकार सम्पर्कमा नआउँदा निर्माता-निर्देशक तनावमा रहनु कुनै नौलो कुरा होइन । माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’का निर्देशक मुनाल घिमिरे पनि नायिका दीपशिखा शाहीको खोजीमा छन् । उनी सम्पर्कमा नआएकाले प्रचारमा हिडिदिने कलाकारको अभाव भएको छ । दीपशिखा नेपाल बाहिर रहेको वुझिन्छ । चलचित्रको मुहुर्तमा देखिएकी दीपशिखा प्रचारको बेलामा मिडियामा कतै देखिएकी छैनन् । कलाकारले चलचित्र प्रचारमा साथ नदिएपछि मुनालका लागि ‘इच्छा’लाई उचाई दिन गाह्रो भएको छ । चलचित्रले कथावस्तु राम्रो उठाएपनि कलाकारका कुरा दर्शकले नसुन्दा प्रचारमा गाह्रो हुने उनी बताउँछन् । चलचित्रमा दयाहाङ राई, सुवास थापा पनि छन् । तर, दुबै कलाकारले ‘इच्छा’ प्रचारमा खुलेर साथ दिएका छैनन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments