आजको राशिफल: वि.सं.२०७१ साल फागुन १३ गते। बुधबार। इश्वी सन् २०१५ फेब्रुअरी २५ तारिख।
![]() |
![]()
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : विभिन्न अवसर पाइने र धनलाभ हुने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिनेछ। द्विविधा बढ्नाले तत्काल निर्णय लिन नसकिएला। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। पढाइमा ध्यान दिन नसकिएला। सानो त्रुटिले कार्यसम्पादनमा विलम्ब हुने योग छ, सचेत रहनुहोला। |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : केही मात्रामा खर्च बढ्नेछ। काममा लगानी बढाउने समय छ। तर, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। केही विलम्बसाथ काम सम्पादन हुनेछ, धैर्य गर्नुहोला। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। कामका लागि फलदायी यात्रा वा स्थान परिवर्तन हुने सम्भावना छ। |
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : आयआर्जनका लागि श्रम धेरै गर्नुपर्नेछ। भएको आम्दानी र सञ्चित रकम समेत अनावश्यक ठाउँमा खर्च हुन सक्छ। तापनि आम्दानी भइरहने छ र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ। |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। तर अरूका जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस् । पढाइलेखाइमा समय दिन नसकिने र व्यापारमा फाइदा हुने योग छ। |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटन आदिको योग छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका धेरै काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। भाग्योन्नतिको समय छ। |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपर्ला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ। |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला। |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : प्रयत्न गर्दा उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। सुखद समाचारले थप उत्साह बढ्नेछ। स्वास्थ्य सबल रहनेछ र व्यावसायिक काममा फाइदा हुने योग छ। व्यापारमा प्रशस्त र पशुपालन तथा कृषि क्षेत्रमा सामान्य लाभ मिल्ला। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। |
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना भने तत्काल फलदायी नहोलान्। काममा मातापिताको सहयोग प्राप्त होला। नयाँ काममा हात हाल्ने समय छ। थोरै भए पनि स्थायी सम्पत्ति जोड्ने समय छ। |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्ने योग छ। |
![]() |
Category: Rashifal









कन्या





0 comments