Hindi Films

दिल्लीमा खानेपानी नि:शुल्क, बिजुली आधा पैसामा

Unknown | 06:09 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नयाँदिल्ली, फागुन
अरविन्द केजरीवालको सरकारले नयाँ दिल्लीका स्थानीयलाई राहत दिने भनी चुनावका बेला गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउने भएको छ। यसैक्रममा बुधबार दिल्ली सरकारले आगामी महिनादेखि साना उपभोक्तालाई खानेपानी सेवा नि:शुल्क गरेको छ भने बिजुलीको रकममा आधा राहत दिएको छ । उपमुख्यमन्त्री मनिष सिसोदियाले दिल्लीवासी जनतालाई प्रत्येक महिना २० हजार लिटर पानी नि:शुल्क र ४०० युनिट बिजुली आधा पैसामा उपलब्ध गराउने घोषणा गरे। उनका अनुसार ४०० युनिटभन्दा बढी बिजुली खपत भए पूरा पैसा तिर्नुपर्नेछ। यो घोषणाबाट दिल्लीका ९० प्रतिशत परिवारले बिजुलीको बिलमा सहुलियत पाउनेछन्। जनतालाई यी सुविधा प्रदान गर्न बजेटमा २ सय ५० करोड भारुको व्यवस्था गरिनेसमेत सरकारले जनाएको छ । अघिल्लोपटक सरकार बनाउँदा केही यस्ता आधारभूत सुविधाको शुल्कमा गरिएको कटौतीका कारण तीन महिनामा सरकारको ३१ करोड रुपैयाँ भारु खर्च भएको उदाहरणा सिसोदियाले प्रस्तुत गरेका छन्। दिल्ली सरकारका अनुसार बिजुलीमा दिइएको सहुलियतले ३६ लाख परिवार लाभान्वित हुनेछन् भने नि:शुल्क पानीको व्यवस्थाबाट १८ लाख परिवारलाई फाइदा पुग्नेछ। उपमुख्यमन्त्री मनिष सिसौदियाले आफ्नो सरकार व्यापारीहरूको हितैषी भएको उल्लेख गर्दै इमान्दारीपूर्वक कर तिर्न व्यापारीहरूलाई आग्रहसमेत गरेका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments