Hindi Films

कसरी माग्ने राम्रा युवतीसँग फोन नम्बर जानौं

Unknown | 15:03 | 0 comments

काठमाडौं। हरेक युवकको जीवनमा एक पटक यस्तो अवस्था आउँछ कि उसले कुनै युवतीको फोन नम्बर माग्ने चाहना । युवतीहरुसँग हाईहेलोसँगै कुराकानी गरेपनि युवकले हम्मेसी फोन नम्बर माग्ने हिम्मत गर्न सक्दैनन् । युवकलाई फोन नम्बर माग्दा युवतीले अस्वीकार गरिदिँदै कुनै गलत नै सम्झने हो कि भन्ने डर लाग्छ । यसर्थ केटी (युवती)सँग फोन नम्बर माग्ने तरिका जानौं ः

पहिले विश्वसनीय बन्नुहोस् 

केटीलाई यस्तो विश्वास दिलाउनुस् कि तपाईंलाई दिएको फोन नम्बर तपाईंले कलेज, कार्यालयमा उसको नम्बर बाँड्नुहुने छैन । कुनै पनि केटी आफ्नो नम्बर तब देन्छिन् तब उसको नम्बर लिने व्यक्तिप्रति पूृर्ण विश्वास गर्न सकियोस् । हुन सक्छ तपाईंको केटीको नम्बर लिने उद्देश्यमा धक्का र धेरै समय लाग्ने तर आफ्नो इगोलाई यथावत राखी बिना हडबडी आफ्नो उद्देश्यमा लागि रहनुहोस् एक दिन तपाईं केटीको नम्बर पाएरै छाड्नु हुनेछ ।

सम्पर्कमा रहिरहने कुरा गर्नुस् 

केटीलाई भन्नुहोस् ‘तपाईंसँग सम्पर्कमा रहन थोरै गाह्रो हुन सक्छ । यसैबेला केटीलाई सोध्नुहोस्, ‘तर तपाईंलाई कुनै समस्या छैन भने के म तपाईंलाई कहिले काहिँ फोन गर्न सक्छु ? यसको अलवा अरु केही नभन्नुस् । यसपछि उसलाई कुनै समस्या नहुने भए तपाईंलाई आफ्नो नम्बर अवश्य दिनेछिन् ।
उत्तौलापन नदेखाउनुस्
केटीलाई उत्तौलापन भएका केटाहरु मन पर्दैनन् । यस्ता केटाहरु हर गल्ली र सडकमा केटीको अगिपछि घुमिरहेका हुन्छन् । यस कारण यस्ता केटाबाट केटी टाढा रहन चाहाने भएकाले आफ्नो नम्बर कहिल्यै दिने छैन । यस्तो अवस्थामा केटीको नम्बर माग्न कुनै प्रकारको हर्कत नगर्नुस् । यसर्थ पहिले आफ्नो उत्तौलापन हटाउनुहोस् ।

झुठको सहारा नलिनुस्

कहिल्यै पनि केटीसँग यस्तो झुठो कुरा गरेर नम्बर नमाग्नुस् कि उससँगको मित्रता गर्न चाहेको हो । यस्तो झुठो कुराको केटीले तुरुन्तै पक्रने छ । यस्तो कमन ट्रिक हुनसक्छ, जुन केटा यस्तो प्रयास गर्छ । यस कारण झुठो कुरा गरेर होइन इमान्दारिता देखाएर फोन नम्बर माग्ने बाटो रोज्नुहोस् ।
साथीको सहयोग नलिनुहोस्
यस कुराको ख्याल राख्नुहोस् कि केटीको नम्बर केबल उहीसँग माग्नुहोस् । नम्बर माग्न अर्काे व्यक्तिको प्रयोग गर्न उचित हुँदैन । यसो गरे तपाईं असक्षम भएको अनुभव केटीले गर्नेछिन् । केटीले सोच्ने छिन् कि ‘ फोन नम्बर माग्ने हिम्मत नभएको केटासँगको मित्रता कसरी सम्भव हुन्छ ?’

केटीलाई थोरै समय दिनुहोस्

कुरा गर्नका लागि केबल फोन नम्बरमात्रै काफी हुन सक्दैन । यदी केटीले आफ्नो नम्बर नदिन पनि सक्छिन् । अथवा थोरै समय लिन सक्छिन् । यसबेला उसलाई लज्जित नबनाउनुहोस् । हुन सक्छ तपाईंलाई केही बहाना बनाएर उनले पन्छाउन सक्छिन् । जुन तपाईंलाई नराम्रो लाग्न सक्छ । तर यसलाई ठूलो नबनाउनुस् र यसको एक दुई हप्तापछि फेरि फोन नम्बर माग्ने प्रयास गर्नुहोस् ।

किन चाहियो नम्बर

यो प्रश्न नम्बर माग्ने केटाहरुमाथि संसारभरका महिलाहरुले गर्ने छन् कि, ‘तपाईलाई मेरो नम्बर किन चाहियो ?’ यो प्रश्नको सामना तपाईंले गर्नैपर्नेछ । तर तपाईंलाई थोरै समस्या भएपनि आफूलाई नियन्त्रित गर्दै क्रियटिभ हुन आवश्यक छ । तपाईंसँग यस्तो जवाफ राख्न आवश्यक छ कि, ‘कुनै बेला काम लाग्न सक्छ ।’ केटीलाई मन पर्न सक्छ कि, ‘केटा उसको पिछा लागोस् र त्यो केटा पनि मन परोस् । ’ त्यसपछि केटीले तपाईंलाई उसले आफ्नो नम्बर दिनेछिन् ।

Category:

0 comments