नेपाली सिनेमा मा नया आयाम,दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 29, 2015
नेपाली फिल्म उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुर्दशन थापाले चंखे, शंखे र पंखेको एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मजाले गरेका छन् । फिल्ममा प्रयोग हुने जम्मा २० सेकेण्ड लामो दृश्यका लागि सुर्दशनले पुरै दिनभर लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल समेत रोचक बनेको थियो ।
पछिल्लो समय नेपालमा केही फिल्म खिच्न प्रयोग हुँदै आएको हेलिक्याम सर्ट जसलाई ईन्जिनियरहरुको भाषामा भन्दा गिम्बलसर्ट भनिन्छ । दुई भन्दा बढी पखेटा प्रयोग गरी बनाइएको मल्टीकप्टर वा हेलिकप्टरबाट लिईने सर्टलाई गिम्बल सर्ट भनिएको हो ।
हामीले लामो समय कुरेर आज यो सर्ट खिचेका हौ किन कि यस फिल्ममा कहि पनि कम्प्रमाईज भन्ने शब्द छैन् । आउँदो जेठ एक गते रिलिज हुने चंखे शंखे पंखेको उक्त सर्टका बारेमा सुर्दशनले यस्तो प्रतिक्रिया दिएका हुन । मंहगो खर्चका साथ शनिबार उनको टिमले ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्डको सुन्दर फुटेज कैद गरेपछि फिल्मको सुटिङ पूर्ण रुपमा प्याकअप भएको जनाएको छ ।
बर्ष ७१मा नेपालमा बनेका फिल्महरुमध्येकै सर्वाधिक बजेटमा बनेको भनिएको चंखे शंखे पंखे यहि साता देखि औपचारिक प्रचार प्रसारमा पनि उत्रिदैछ जसको प्रचार प्रसारका लागि ३० लाख बजेट छुट्याएको निर्माता सन्तोष सेनले जनाएका छन् ।
हामी बलिउडको शैलीमा प्रचार प्रसार गर्ने सोच सहित अघि बढेका छौ त्यसैले राम्रो फिल्म बनाएकाले प्रचार प्रसारमा कम्प्रमाईज नगरौ भनेर यो निर्णय गरिएको हो । सेनको भनाई छ । नेपालमै बनेको मल्टीकप्टर जसलाई दुई ईन्जिनियरले अपरेट गर्दै फिल्मको दृश्य कैद गराउँदा सिनेमाटोग्राफर राजेश श्रेष्ठ पनि जोशिएका थिए । उनले अध्ययनका क्रममा एवं बलिउडमा काम गर्दा यसको प्रयोग धेरै पटक गरेपनि नेपालमा पहिलो पटक प्रयोग गरेको बताएका छन् ।
यो प्रविधिको प्रयोगले एक दिन जोनिजिपको प्रयोग नै विस्थापित हुन्छ जस्तो लाग्छ मलाई तर मल्टीकप्टर चलाउँनका लागि योग्य प्राविधिकहरुको संख्या अलि पुगेको छैन् हाम्रो ईन्डष्टीमा । श्रेष्ठको भनाई छ ।
झण्डै एक केजीको तौल र करिब २० ईन्चको हाईटमा बनाईने मल्टीकप्टरमा उच्च क्वालिटीमा दृश्य कैद गर्न सक्ने ग्रोप्रो क्यामेरालाई प्राथामिकता दिदै दृश्य कैद गर्ने गरिन्छ । आवश्यक्ता र डिमान्ड अनुसार फाईभ डि, रेड ईपिक र स्कारलेट जस्ता क्यामेराको प्रयोग गरेर पनि मल्टीकप्टरबाट गिम्बल सर्ट लिईन्छ तर यसका लागि जति बढी तौल हुन्छ त्यतिनै धेरै पखेटा जडान गरिएका मल्टीकप्टर तयार रोज्नु पर्ने हुन्छ ।
नेपालमा ४ देखि ६ र १२ वटा सम्म पखेटा लगाएर नेपाली ईन्जिनियरहरुले मल्टीकप्टर तयार गरेका छन् । ईन्जिनियर सुजिल मानन्धरका अनुसार मल्टीकप्टरलाई ८ सय मिटर सम्मको उचाईमा उडाएर पनि दृश्य कैद गर्न सकिन्छ तर फिल्मको दृश्य कैद गर्नका लागि ३ सय मिटर सम्मको उचाई उपयुक्त हुने उनी बताउँछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments