Hindi Films

पौने तीन करोड अवैध विदेशी मुद्रा सहित भारतीय नागरिक पक्राउ

Unknown | 09:41 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 19, 2015 मिडिया एनपी, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौन तीन करोड अवैध मुद्रा सहित भारतीय एक नागरिक पक्राउ गरेका छन् । प्रहरीले २ करोड ७३ लाख रुपैया“ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट«िय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार राति ड्रागन एअरबाट हङकङ जान लागेका भारतीय नागरिक मनोहरलाल त्रिपादास असुधानीलाई २ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित नियन्त्रण लिएको प्रहरीले जनाएको छ । विहीबार विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रहरीले शंकास्पद अवस्थामा लगेज नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट विदेशी मुद्रा बरामद भएको जानकारी दिएको हो । हङकङका कपडा व्यापारी असुधानीको साथबाट १ लाख ७९ हजारभन्दा बढी अमेरिकी डलर, ५ लाख ५८ हजार युयान, २ सय ५० पाउन्ड, १ सय ८० युरो, ५० अष्टे«लियन डलर, १३ सय फिल्पिन्स पेसो, ९ हजार ५ सय भारतीय रुपैयाँ र २० हजार नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । असुधानीले चार किलो ४ सय ग्राम सुन अवैध रुपमा नेपाल भित्रयाएर काठमाडौंका ब्यापारीहरुलाई बिक्री गरेबापतको रकम लिएर हङकङ जान लागेको प्रहरीले जनाएको छ । उनले होटल उडल्यान्डमा दुईजना ब्यापारीलाई सुन बिक्री गरेको र ती ब्यापारीहरुमाथि पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments