यसरी गर्भवती प्रेमिका र प्रेमीलार्इ रुखमा झुण्ड्याइयो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र ४ बुधवार
एजेन्सी : भारतको झारखण्ड राज्यको राजधानी राँचीस्थित मुरी रेलवे स्टेशन नजिकै गर्भवती प्रेमिका र उनका प्रेमीलार्इ हत्या गरेर रुखमा झुण्ड्याएर हत्या गरिएको छ । बुधवार बिहानै पलाशको रुखमा झुण्ड्याइएको अवस्थामा उनीहरुको शव प्रहरीले फेला पारेको हो ।
घटनास्थलमा पुगेको प्रहरीले दुबै शवलार्इ रुखबाट झारेर पोस्टमर्टमका लागि अस्पताल पठाएको छ । प्रहरीको प्राराम्भिक जाँचमा उनीहरु दबैको हत्यापछि झुण्ड्याइएको खुलेको छ । प्रहरीले उनीहरु दुबैलार्इ युवतीका परिवारले हत्या गरी रुखमा झुण्डाएको जनाउँदै सोही अनुसार अनुसन्धान अघि बढाएको छ ।
झुण्ड्याइएका युवती र युवाहरु बस्दै आएको गाउँ घटनास्थल मुरीबाट नजिकै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार अनुसार युवा पश्चिम बंगालको झालदा प्रहरी चौकी क्षेत्रको रानीडिह गाउँका थिए ।
युवती युवककै गाउँको दुरदाग गाउँ झालदा थाना क्षेत्रकी रहेकी थिइन् । उनी अविवाहित थिइन् तर युवकको भने तीन वर्षअघि विवाह भएको थियो । युवकको विवाह भएपछि उनीहरु दुर्इबीच प्रेम शुरु भएको थियो । प्रेममा परेपछि शारीरिक सम्बन्ध राखेपछि युवती गर्भवती भएकी थिइन् ।
युवती गर्भवती भएको खबर थाहा पाएपछि युवतीका परिवार रिसाएका थिए । युवती गर्भवती भएको थाहा पाएपछि सो रिसमा युवतीको परिवारले दुबैलार्इ हत्या गरेर रुखमा झुण्ड्याएको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो ।
युवक राँचीकै एक होस्टलमा कुकको काम गर्दै आएका थिए । मंगलबार मात्रै उनी आफ्नी प्रेमिकाको साथमा मुरी रेल्वे स्टेशनमा देखिएका थिए ।
मंगलबार सँगै देखिएका उनीहरुको शव स्वर्णरेखा नदी तटको किनारमा रहेको रुखमा झुण्ड्याइएको अवस्थामा भेटिएको हो । सवारीसाधन समेत जान नसक्ने ठाउँको रुखमा भेटिएको उनीहरुको शव प्रहरीले गाउँलेको सहयोगमा रुखबाट झारेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments