गर्भवती प्रेमिका र प्रेमीलाई हत्या गरि यसरि रुखमा झुण्ड्याइयो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 18, 2015, एजेन्सी । भारत झारखण्डको राचीस्थित मुरी रेलवे स्टेशन नजिकै गर्भवती प्रेमिका र उनका प्रेमी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बुधवार बिहानै पलाशको रुखमा झुण्डिएको अवस्थामा उनीहरुको शव प्रहरीले फेला पारेको हो ।
घटनास्थलमा पुगेको प्रहरीले दुबै शवलाई रुखबाट झारेर पोस्टमर्टमका लागि अस्पताल पठाएको छ ।
प्रहरीको प्राराम्भिक जाचमा उनीहरु दुबैको हत्यापछि झुण्ड्याइएको देखिएको छ । प्रहरीले उनीहरु दुबैलाई युवतीका परिवारले हत्या गरी रुखमा झुण्डाएको हुन सक्ने भन्दै अनुसन्धानलाई अगाडि बढाएको छ ।
मृतक दुबैजना घटनास्थलबाट नजिकै बस्दै आएका थिए ।
प्रहरीकोे प्रारम्भिक अनुसन्धान अनुसार मृतक युवति अबिबाहित थिइन् तर युवकको भने तीन वर्र्षअघि विवाह भएको थियो ।
युवकको विवाह भएपछि उनीहरु दुईबीच प्रेम शुरु भएको थियो । प्रेममा परेपछि शारीरिक सम्बन्ध राख्दा युवती गर्भवती भएको हुनसक्ने प्रहरी अनुमान रहेको छ ।
युवती गर्भवती भएको खबर थाहा पाएपछि युवतीका परिवार रिसाएका थिए । युवती गर्भवती भएको थाहा पाएपछि सो रिसमा युवतीको परिवारले दुबैलाई हत्या गरेर रुखमा झुण्ड्याएको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो ।
युवक राचीकै एक होस्टलमा कुकको काम गर्दै आएका थिए । मंगलबार मात्रै उनी आफ्नी प्रेमिकाको साथमा मुरी रेल्वे स्टेशनमा देखिएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments