Hindi Films

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेकी गोमाको उद्धारको पहल सुरु

Unknown | 09:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र ४ बुधवार
परासी: लागुऔषध कारोबारको आरोपमा कुवेतको जेलमा परेकी नवलपरासी कावासोती–८ की गोमा दराईलाई छुटाउन नेपाली दूतावासले पहल सुरु गरेको छ । कावासोती नगरपालिका–८ निवासी गोमा लागूऔषधको आरोपमा पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएपछि दूतावासले उनको उद्धार प्रक्रिया अघि बढाएको हो । वैदेशिक रोजगार विभागले पनि यसबारे चासो लिँदै आवश्यक समन्वय गरिरहेको छ । गोमा दराईका बारेमा आधिकारिक जानकारी आएसँगै उनको उद्धारको पहल सुरु गरिएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । कुवेतमा पक्राउ परेको र २५ वर्ष जेल सजाय सुनाएको भन्दै उद्धार गरिदिन परिवारका सदस्यहरुले सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नवलपरासीलाई आग्रह गरेका थिए । केन्द्रले प्रवासी नेपाली समन्वय समिति पिएनसिसी काठमाडौँलाई सम्पर्क गरी गोमाको मुद्दाबारे जानकारी गराएको थियो । पिएनसिसीले दूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी उद्धारको प्रक्रिया अघि बढाएको थियो । समितिले विदेशमा मृत्यु भएका वा दुःख पाएर अलपत्र परेकालाई उद्धार गर्दै आएको छ । कुवेतस्थित दूतावासकी श्रम सहचारी ढकालका अनुसार अदालतले मुद्दाको फैसला सुनाइसकेको छैन । अदालतको अन्तिम फैसला नआइसकेकाले उनलाई उद्धार गर्न केही सहज हुने अपेक्षा गरिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments