Hindi Films

यसरी सहचालकले जानीजानी गराए विमान दुर्घटना'

Unknown | 09:31 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र १२ बिहीवार वासिङटन : फ्रान्सको आल्प्स पर्वतमा दुर्घटना भएको जर्मन विङ्सको विमानका बारेमा नयाँ रहस्य खुलेको छ। विमान दुर्घटनाको जाँच गरिरहेका फ्रान्सेली अधिकारीका अनुसार विमानका सहचालकले जानीबुझी विमान दुर्घटना गराएका थिए। उक्त विमान दुर्घटना गराउने सहचालक आन्द्रे लुबिट्ज रहेको बताइएको छ।
अधिकारीका अनुसार प्रमुख चालक ककपिटबाट बाहिर किस्केका बेला सहचालकले भित्रबाट ककपिट बन्द गरिदिए र विमान आफ्नो नियन्त्रणमा लिएका थिए। यसको केही समयमै विमान दुर्घटनामा परेको थियो। फ्रान्सेली अधिकारीहरूले विमानको भ्वाइस रेकर्डरबाट उक्त रहस्य खुलासा भएको जानकारी दिएका छन्। यसअघि जर्मन विङ्सको विमान दुर्घटना हुनुभन्दा पहिले एकजना चालक ककपिटबाट बाहिर निस्केको बताइएको थियो। न्युयोर्क टाइम्समा उल्लेख गरिएअनुसार खोजमा संलग्न एक वरिष्ठ अधिकारीले बताए कि ककपिटमा रहेको भ्वाइस रेकर्डरमा भेटिएको प्रमाणबाट चालक ककपिटबाट बाहिर निस्केपछि भित्र प्रवेश गर्न पाएका थिएनन्। अनुसन्धानकर्ताले भने, 'चालकले ढोकामा आवाज दिए। भित्रबाट कुनै जवाफ नआएपछि जोडले ढोका ढक्ढकाए। त्यति गर्दा पनि ककपिटबाट कुनै वास्ता गरिएन अनि उनले ढोका फुटाउन खोजे। यी सबै आवाजभ्वाइस रेकर्डरमा स्पष्ट सुनिन्छ।' अनुसन्धानकर्ताले चालक ककपिटबाट बाहिर निस्कनुको कारण भने पत्ता नलागेको जानकारी दिए। एयरबस ए३२० विमान मंगलबार दक्षिणी फ्रान्समा दुर्घटनामा परेको थियो। विमान स्पेनको बार्सिलोनाबाट जर्मनीको ड्युसेलडर्फ गइरहेको थियो। विमानमा रहेका एक सय ४४ यात्रुसहित चालक दलका ६ जनाको मृत्यु भएको थियो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments