जमिनमुनि पाँच हजार वर्ष पुरानो सहर
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 31, 2015
एजेन्सी – टर्कीको नेवसेहिर प्रान्तमा पाँच हजार वर्ष पुरानो सहर भेटिएको छ । नेवसेहिरमा रहेको पुरानो भवन भत्काउने क्रममा पाँच हजार वर्ष पुरानो सहर भेटिएको टर्कीबाट प्रकाशित हुने हुरियट दैनिक पत्रिकाले जनाएको छ । ‘नेविसेहिरका सयौं पुराना घर भत्काउने काम भइरहेको थियो,यसक्रममा माटो पन्छाउने क्रममा एउटा नयाँ सहर नै फेला पर्यो’, हुरियट पत्रिकाले उल्लेख गरेको छ ।
कामदारले माटो फाल्ने क्रममा लामो सुरुङ भेटाएका थिए । सात किलोमिटर लामो सुरुङ पछ्याउँदै सिंगो सहर नै फेलापरेको हुरियटले जनाएको छ । सुरुङभित्र हिँड्न सजिलोहोस् भन्न स–साना खुड्किला बनाइएको छ । जमिनभन्दा तीनसय ७१ फिटमुनि पुरानो भवन फेलापारेपछि तत्कालै पुरातत्वविद् तथा भूगर्व विभागका अनुसन्धानकर्ताले अनुसन्धान गरेका थिए । भूगर्वविद्ले सहर पाँच हजार वर्ष पुरानो भएको दाबी गरेका छन् ।
उनीहरुका अनुसार यहाँ २० हजार मानिस बसोबास गर्थे । यता नेसनल जोग्राफि च्यानलका अनुसार विदेशी आक्रमणबाट बच्नका लागि जमिनमुनि तत्कालीन शासकले छुट्टै सहर बनाएका थिए । पुरातत्व विभागले अटोमन साम्राज्यको समयमा त्यस सहरको निर्माण भएको जनाएका छन् । सहरलाई ठूलो पर्खालले घेरिएको छ । सडक,गल्ली तथा भवन वैज्ञानिक ढाँचाअनुसरारै बनाइएको पुरातत्वविद्हरुले उल्लेख गरेका छन् । सहरको मध्यभागमा ठूलो सहर छ । सो भवनमा अटोमन साम्राज्यका शासक बसेको हुनसक्ने दावी पुरातत्वविद्ले गरेका छन् । पुरातत्वविदले घरभित्र रहेको शहरको घरको भित्र पनि अर्को सुरुङ फेला पारेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: Interesting and Fact News, News