चर्चित बलिउड सेलिब्रिटीका सन्तान र उनीहरुका सम्पत्ति
![]() |
बच्चन परिवारकी सबैभन्दा कान्छी आराध्या बच्चनको उनी जन्मिनुभन्दा अघि नै चर्चित बनिसकेकी थिइन् । जन्मपश्चात पनि उनी चर्चित पत्रिकाहरुमा चर्चाको विषय बन्न सफल भएकी छिन् । हजुरबुवा अमिताभ बच्चनकी निकै प्यारी आराध्या बलिउड सेलिब्रिटीको सबैभन्दा चर्चित सन्तानको रुपमा स्थापित भइसकेकी छिन् । उनको पहिलो जन्मदिनमा उनका बुवा अभिषेक बच्चनले उपहारस्वरुप उनलाई गाडी दिएका थिए । हुन त आराध्याले आफैले गाडी चलाउन अझै धेरै समय बाँकी भएता पनि उनको लागि यो सबैभन्दा प्रिय उपहार हुने उनको परिवारको दाबी छ ।
हामीले बलिउड सेलिब्रिटीको आकर्षक जीवनशैली र उनीहरुले चाहने भ्यानिटी भ्यानको बारेमा थुप्रै पटक सुन्ने गरेका छौँ तर यो समाचारले तपाईंलाई पक्कै पनि अचम्मित बनाउने छ । आराध्या बच्चनलाई चाँडै नै भ्यानिटी भ्यान उपहारस्वरुप दिइने बताइएको छ । उनलाई यो उपहार ऐश्वर्या राईले अभिनय गर्ने फिल्म ‘जज्बा’ का निर्देशक सञ्जय गुप्ताले प्रदान गर्ने भएका छन् । उक्त भ्यानिटी भ्यानमा सानो फ्रिजका साथै विशेष प्रकारको खेलमैदान रहने बताइएको छ जसमा पिङ र स्लाइड रहने छन् ।
एकवर्ष पुगेलगत्तै आराध्याले आफ्नी आमासँग संसारको सयर गर्ने मौका पाइन् । चर्चित कान्स फेष्टिबलदेखि विभिन्न देशमा आयोजना भएको अवार्ड कार्यक्रमहरुमा उनले घुम्ने मौका पाइसकेकी छिन् । सुरुसुरुमा क्यामराको अगाडि लजाउने आराध्या अब क्यामराको फ्ल्याससँगै मुस्कुराउने भइसकेकी छिन् । उनी सिकागो, लण्डन र दुबईकी नियमित अतिथि भइसकेकी छिन् ।
उनको तेस्रो जन्मदिनमा, आराध्याले अम्बानीबाट ठूलो बर्थडे केक पाएकी थिइन् । डिज्निल्याण्ड केकले सानी आराध्यालाई निकै मुग्ध बनाएको थियो । यसका साथै आराध्याले बच्चनको नयाँ बंगलामा पनि रमाउने अवसर प्राप्त गरिरहेकी छिन् ।
अब्राम खानः
उनी सायद साढे एक वर्षका मात्र भए होलान् तर अब्राम सोसल नेटवर्कको हिरोको रुपमा चर्चित भइसकेका छन् । शाहरुख खानका प्रशंसक उनका कान्छा छोरालाई हेर्न निकै आतुर भइरहन्छन् । उनका तस्बिरहरु सोसल नेटवर्किङ साइटमा पोष्ट हुने बित्तिकै चर्चाको विषय नै बन्ने गर्दछ ।
क्रिकेट मैदानदेखि ठूलो स्क्रिनसम्म अब्रामले आफ्नो उपस्थिती देखाउने गरेका छन् । उनले फराह खानको फिल्म ‘ह्याप्पी न्यू इयर’ मा पनि आफ्नो अन–स्क्रिनको सुरुवात गरिसकेका छन् । शाहरुखले गत वर्ष आइपिएलको फाइनलमा अब्रामका लागि सानो जर्सी पनि बनाइदिएका थिए । दीपिका पादुकोणले पनि साना खानका लागि सपिङ गरिदिएकी थिइन् भने फिल्मी क्षेत्रमा शाहरुखकी सबैभन्दा हितैषी मित्र काजोलले पनि अब्रामका लागि खेलौनाको ब्याग नै उपहारस्वरुप दिएकी थिइन् । उक्त ब्याग निकै महंगा खेलौनाहरुले भरिएको थियो ।
भियान राज कुन्द्राः
भियान राज कुन्द्रा पनि कम चर्चित छैनन् । शिल्पा सेट्टी र राज कुन्द्राका निकै प्यारा छोरा सम्भवतः सबैभन्दा साना बालक हुन् जसको ट्विटर अकाउन्ट छ । उनका बुवा राज कुन्द्राद्वार निर्मित उनको ट्विटर अकाउन्टमा लेखिएको छ, ‘म सानो बालक हुँ त्यसकारण मलाई जज नगर्नुहोस् । मलाई दुध मनपर्छ र सुत्न मनपर्छ र आमा–बुवाको अंगालोमा बस्न मन लाग्छ र संसारमा शान्ती भएको देख्न चाहन्छु ! (अहिले नै अन्तिम वाक्यको अर्थ थाहा छैन ।’
साढे दुई वर्षका राज कुन्द्रा चर्चित म्यागजिनको कभर पेज बन्न सफल भइसकेका छन् । भियान सबैजसो आइपिएल म्याचमा पुग्ने गर्दछन् । आमा शिल्पाले पनि छोराको लागि सानो जर्सी बनाइदिएकी छिन् । भियान ल्यामबोर्गिनीका मालिक पनि हुन् । यद्यपी, उनीसँग भएको कार प्रतिमूर्ती मात्र भएपनि उनको चर्चाले वास्तविक ल्यामबोर्गिनीमा उनको पहुँच ढिला नभएको स्पष्ट बताउँछ ।
स्रोतः टाइम्स अफ इन्डिया

Category: CelebrityNews And Gossips
0 comments