सिंगापुर, कोरिया र दुबई नेपालीले बनाएका हुन्,फास्ट ट्रयाक चन्द्रमामा मान्छे पठाएजस्तो होइन
![]() |
प्रा.डा. सूर्य आचार्य, इन्टरनेशनल कन्सल्ट्यान्ट
काठमाडौं-तराई द्रुत मार्ग र निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणको बहस सुरु भएको दुई दशक बितिसकेको छ । यति लामो समय बितिसक्दा समेत हामी अहिले पनि रोगका पछाडि दौडिरहेका छौं । जुन गहिराइमा पुगेर आयोजनाका कमी कमजोरी खोजेर सम्बोधन गर्नुपर्ने हो, अझै त्यो गृहकार्य गर्न बाँकी रहेको देखिन्छ ।
पूर्वाधार विकासमा हाम्रो ५० वर्ष लामो अनुभव रहेको छ । हामीले परियोजना अध्ययन तथा निर्माणका लागि दाताहरुको सद्भाव प्रयोग गर्यौं, दाताहरुको स्रोत प्रयोग गर्यौं । ५० वर्ष पछाडि पनि हामी विदेशी दाताकै सद्भाव र सहयोग खोजिरहने अवस्थामा छौं ।
म सिभिल इञ्जिनियर पनि भएको हुँदा विगतमा लालटिन बालेर जिल्लाहरुमा ओभरसियरबाट धेरै परियोजनाहरुको डिजाइन गराएको छ । हाम्रा ओभरसियरहरुले डिजाइन गरेका इरिगेसन प्रोजेक्टहरु अझै चलिरहेका छन् । तर, हामी अहिले पनि परियोजना डिजाइनका लागि वल्र्ड बैंक, एडीबी गुहारिरहेका छौं ।
हाम्रा प्राविधिक, व्यवस्थापन, सर्वसाधारण नागरिक, नेता, कर्मचारीहरुले समीक्षा गर्नुपर्ने कहाँ छ भने हामीले सिक्नुपर्ने अवसर कहाँ गुमायौं, किन ५० वर्ष पछाडि पनि विदेशीकै सहयोगको आशा गर्नुपरिरहेको छ ?
कोरियाको कायापलट गराउने एउटा प्रोजेक्ट बन्यो, जुन बनाउन सुरुमा असम्भव जस्तै थियो । वल्र्ड बैंकले हाम्रा कन्सल्ट्यान्ट नगई तिमीहरुले काम गर्न सक्दैनौ भनेर हात झिकेको थियो ।
त्यतिबेला हुन्डाई कम्पनीले थाइल्यान्डमा अमेरिकन सानो सानो पेटी कन्ट्रयाकको काम गथ्र्यो, उसलाई तत्कालिन कोरियन प्रेसिडेन्टले बोलाएर तिमीहरु बनाउन सक्छौ भनेर सोध्दा सरकार र राजनीतिक तहबाट समर्थन भएमा सक्छु भन्यो ।
ठूला परियोजनाहरु जुवा हुन्, तर, जितिने जुवा हुन् । यहाँको राजनीतिक नेतृत्वका लागि जुवा हो । हामीले ठूलो छाती बनाएर बनाउने कोशिस गर्यौं भने अवश्य सफलता हासिल गर्छौं ।
सिंगापुरको अग्लो टनेलको डिजाइन गर्ने काम नेपालीले गरेका हुन् । हाम्रो पुल्चोक इञ्जिनियरिङ कलेजबाट उत्पादन भएका विद्यार्थीहरु हुन् ।
परियोजना निर्माण गर्नु भनेको चन्द्रमामा मान्छे पठाउने काम होइन । हामीसँग पनि ठूला परियोजना डिजाइन गर्नेदेखि निर्माण गर्नेसम्मका प्राविधिकहरु रहेका छन् । हाम्रो जनशक्तिलाई विश्वास गर्नुपर्यो ।
सिंगापुरको अग्लो टनेलको डिजाइन गर्ने काम नेपालीले गरेका हुन् । ताइवानको सव वे डिजाइन गर्ने पनि नेपाली नै हुन् । कोरिया तथा दुबईमा सव वे तथा मेट्रो बनाउने पनि नेपाली हुन् । हाम्रो पुल्चोक इञ्जिनियरिङ कलेजबाट उत्पादन भएका विद्यार्थीहरु हुन् ।
सिंगापुरको अग्लो टनेलको डिजाइन गर्ने काम नेपालीले गरेका हुन् । ताइवानको सव वे डिजाइन गर्ने पनि नेपाली नै हुन् । कोरिया तथा दुबईमा सव वे तथा मेट्रो बनाउने पनि नेपाली हुन् । हाम्रो पुल्चोक इञ्जिनियरिङ कलेजबाट उत्पादन भएका विद्यार्थीहरु हुन् ।
मन्त्री विमलेन्द्र निधीले भन्नुभयो, नेपाली ठेकदारले काममा ढिलाइ गर्छन् । पक्कै पनि हो, नेपालीले ढिलाइ गर्छन् । प्रधानमन्त्रीले नेपालका ठेकदारलाई बोलाएर आँखा जुधाएर भन्न सक्नुपर्यो, यो प्रोजेक्ट नाफा कमाउनका लागि बनाउन लागेको होइन, नाफा १० वर्षपछि गर्नुहोला ।
जसरी कोरियाका प्रेसिडेन्ट पार्कले कोरियन ठेकदारलाई लिएर असम्भव परियोजना निर्माण गरेर देखाए । हामीले पनि त्यो संकल्प लिनुपर्छ । यसो गर्न सकेमा जस्तोसुकै परियोजना पनि आफै निर्माण गर्न सक्छौं ।
द्रुतमार्गको डीपीआर गर्नु मुद्दा नै होइन, मलाई माफ गर्नुहोला । अहिलेको कम्पनीलाई डीपीआर गर्न ६ महिना पछाडि दियौं भने कष्ट बढाउँदै लैजान्छ भने मन्त्रालयको प्रतिवेदनबाट थाहा पाइहाल्यौं । कन्स्ट्रक्सन कष्ट १ खर्बको छ, फाइनान्सियल कष्ट ३ खर्बको छ ।
पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी)को सामान्य कुरामा एडीबीले सन् २००८ सालमा अध्ययन गरेको परियोजनामा ७ वर्षसम्म अलमलिएर बस्यौं । समय बर्बाद गर्यौं । यसका लागि ठूलो बजेट चाहिने, अध्ययन अनुसन्धान गर्नुपर्दैन ।
हामीले दुईवटा परियोजनामा दाताको मुख ताकेर नबसौं । वर्ल्ड बैंक, एडीबी लगायका दातृ संस्था तथा निकायसँग स्रोत साधन भए पनि आफ्नो स्वार्थ पनि छ ।
उनीहरुका स्वार्थहरु हाम्रो राष्ट्रिय स्वार्थसँग मेल खान्छ कि खाँदैन, उनीहरुको भिजन र हाम्रो भिजन मेल खान्छ कि खाँदैन भनेर त्यसको समीक्षा गर्ने हामीसँग त्यस्तो निकाय वा सामर्थ छैन । कन्सल्ट्यान्टको रिपोर्ट हेर्न तथा समीक्षा गर्न अर्को कन्सलट्यान्ट खोज्नुपर्ने बाध्यता हामीसँग छ ।
हामीसँग अहिले हजारौं इञ्जिनियरहरु बेरोजगार छन् । हजारौं व्यवस्थापक बाहिर जानका लागि डिभी भर्नेदेखि अन्य कसरत गरिरहेका छन् । राजनीतिको माथिल्लो तहबाट समीक्षा गरेर यी परियोजना बनाउन लाग्नुपर्छ ।
(आचार्यले विकास समितिको बैठकमा राखेको धारणा)
![]() |
Category: News



0 comments