ब्रेन्डन टेलरको एक छक्काले भारतीय फ्यान लखपति !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी
| २०७१ फाल्गुन
अक्ल्यान्ड : जिम्बाब्वेका ब्याट्म्यान ब्रेन्डन टेलरले आफ्ना एकजना भारतीय फ्यानलार्इ लखपति बनाइदिएका छन् । आफ्नो अन्तिम वान डे इन्टरनेशनल खेलमा टेलरे आफ्नो पारीको ४१ औं ओभरमा भारतीय बलर रबिन्द्र जडेजालार्इ धुलार्इ गर्ने क्रममा लङ अफ बाउन्ड्री माथिबाट छक्का हाने ।
बल बी ब्लकको स्ट्यान्डमा पुग्यो र त्यसलार्इ भारतीय मुलका अंकुश भारद्वाजले भुर्इँमा झर्न नदिर्इ समाते । त्यसपछि रंगशालामा नाचगना शुरु भयो । अंकुशको नजिक बसेका भारतीय फ्यान उनी वरीपरी झुम्मिँदै नाच्न गाउन थाले । पूरै रंगशालामा उनको चर्चा हुन थाल्यो । उनलार्इ रंगशालामा रहेको ठुलो स्क्रिनमा समेत देखाइयो ।
उनले क्याच लिएपछि भारतीय फ्यान रमाउनुमा भने अर्कै कारण थियो । अंकुशले यो क्याच एक कम्पनीको चुनौती 'क्याच अ मिलियन' का लागि लिएका थिए । यो कम्पनीको सुन्तला रंगको टिशर्ट लाएर रंगशालामा आएका जोसुकै दर्शकले एक हातले क्याच लिएमा उनी १० लाख डलरको यो कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
कम्पनीले न्युजिल्यान्डमा भइरहेका विश्वकपका २३ वटा खेलका लागि यो कार्यक्रम राखेको छ । अहिलेसम्म ६ जना दर्शले यो चुनौतीको सामना गर्दै एक हातले क्याच लिएका छन् ।
न्यूजिल्यान्मा सेमिफाइनलसमेत अझै तीनवटा खेल हुन बाँकी छन् । अब बाँकी रहेका तीनवटा खेलमा कम्पनीको टिसर्ट लगाएका जति दर्शकले क्याच लिनेछन्, उनीहरु सबै यो कार्यक्रममा राखिएको १० लाख डलरको हिस्सेदार बन्नेछन् ।
बाँकी तीनवटा खेल समाप्त भएपछि क्याच लिने दर्शकहरुलार्इ दामासाहीले १० लाख डलर बाँडिने भएको छ । तर यसमा यो कार्यक्रमका सञ्चालकले न्युजिल्यान्डले विश्वकप जितेमा मात्र यो रकम बाँडिने शर्त भने राखेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News





0 comments