Hindi Films

सलमान, शाहरुख र म हामी तीन जना अझै जवान: आमिर

Unknown | 11:36 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउड स्टार आमिर खान ५० वर्ष पुगेका छन । तर उनी आफुलाई अझै पनि युवा नै मान्छन् । उनी भन्छन्: उमेर त खाली नम्बर मात्र हो । जन्मदिनको एक दिन पहिला नै आमिरले मिडियाको उपस्थितिमा केक काटेर जन्मदिन मनाएका छन । उनकी पत्नी किरणले जन्मदिनको उपलक्ष्यमा पार्टी राखेकी थिइन् । आमिर खान बुढ्यौली लागेको मान्न तयार छैनन् । उनी भन्छन् ५० त उमेरको एक नम्बर मात्र हो । उनी आफूलाई आज पनि १८-२० वर्षको नौजवान मान्छन् । आमिर भन्छन् सलमान, शाहरुख र म हामी तीन जना णै अझै जवान छौं । आमिरलाई मिस्टर पर्फेक्शनिष्ट पनि मानिन्छ । सुरुवातका दिनमा उनका पनि फिल्म फ्लप भएका थिए तर ती फिल्मबाट धेरै सिक्न पाएको उनले बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments