Hindi Films

विवाहित महिलाको पोखरीमा लगी बलात्कार

Unknown | 09:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३ चैत, सप्तरी । आफ्नै ट्वेल(चापाकल)बाट पानी लिएर घर फर्की बसालेको खाना खाने सपना अधुरो रह्यो नविना खातुनको (परिवर्तित नाम) । फागुन १९ गते मंगलबारका दिन थालमा खाना पस्केर ट्वेलमा पानी ल्याउन गएकी नविनालाई गाउँकै लुडाई मियाँका ३० वर्षिया छोरा सतार मियाँले मुख थुनेर नजिकैको पोखरी छेउमा लगेर बलात्कार गरे । उनी जति रोई कराए पनि यौन पिचासु सतारको अगाडी केही चलेन । एक वर्ष अगाडी सुनसरीको पकली नजिक एक गाउँमा विवाह भएकी नविनाले रुँदै भनिन् ‘ट्वेलबाट मलाई सिधैं पोखरी छेउमा लग्यो, राती करिब ८ बज्दै थियो । मलाई चाक्कु देखाउँदै कराए वा हल्ला गरे ज्यान मारिदिन्छु । त्यसपछि मलाई केही थाहा भएन । जब म होसमा आए र घर पुग्दा राती ११ बजिसकेको थियो । बुवाले हतार हतार उपचारको लागि धरान लगे ।’ पिडितकी बुवा छोटेलाल नटले न्यायको लागि नजिककैको प्रहरी चौकी महुलीमा निवेदन दिए । महुलीका सई लंके श्रेष्ठले पीडितलाई इलाका प्रहरी कार्यालय कंचनपुर पठाइ दिए । कंचनपुर प्रहरीले घटना भएको दुई हप्ता हुन लाग्दा पनि पीडितको जाहेरी दर्ता गरेको छैन । छोटेलाल भन्छ–‘इन्सपेक्टर सहाव कुरा गर्दैन, सई श्री प्रसाद यादवलाई भेट भन्छ, उनले मलाई गाउँमै मिल्नु भनी तथानाम गाली गर्छन्, मेरो छोरीलाई जर्बजस्ती बयान परिवर्तन गर्न लगाउँछ, म कहाँ जाउँ के गरुँ ?’ प्रहरीले मात्र नभई पीडितको घर सप्तरीको जण्डौल–५का स्थानीय भद्रभलादमीले समेत सातौ पटक गाउँमै बसेर घटनालाई सुनसान पार्न खोज्दै छ । गाउँमै पंचायत बस्यो । पीडिक पक्षले पीडितलाई घटना बाहिर ल्याए ज्यान मार्ने, गाउँ निकाला गर्ने धम्की दिईरहेका छन् । पीडितका बुवा छोटेलालले भने ‘गाउँका मानिसहरुले मलाई २ लाख रुपैयाँ जम्मा गर अनि मात्र तेरो पंचायत हुन्छ, म दाउरा बेचेर गुजारा गर्ने कहाँबाट तेत्रो पैसा ल्याउने ?’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments