नेपाल वायुसेवा निगमको व्यवस्थापन लुफ्थान्सालाई
![]() |
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको लगभग सम्पूर्ण व्यवस्थापन सम्हाल्न प्रस्ताव गरेको एक विदेशी कम्पनीलाई निगम सञ्चालक समितिले अगाडि बढ्न बाटो खुला गरिदिएको छ।
निगमको व्यवस्थापन हेर्न हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको जर्मनीको लुफ्थान्सा कन्सल्टिङ कम्पनीलाई अगाडि बढ्न निगम सञ्चालक समितिले सैद्धान्तिक सहमति दिएको हो। लुफ्थान्सा कन्सल्टिङ जर्मनीको सरकारी वायुसेवा कम्पनी लुफ्थान्सा एयरलाइन्सको सहायक कम्पनी हो।

लुफ्थान्सा कन्सल्टिङको प्रस्ताव आएपछि पर्यटन मन्त्रालयले कसरी अगाडि बढ्न सकिन्छ र के गर्दा उपयुक्त होला भन्दै गत फागुन १५ मा निगम सञ्चालक समितिसँग राय मागेको थियो। समितिले दुई सातापछि लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको हो।
‘लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा सञ्चालक समितिले सैद्धान्तिक सहमति जनाएको छ,' निगम उच्च स्रोतले सोमबार नागरिकसँग भन्यो, ‘उसको समग्र प्रस्ताव हेर्दा संस्थाको हित हुने देखिने भएर सञ्चालक समितिले अगाडि बढ्न बाटो खुला गरिदिएको हो।'
निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिन लागिएको यो पहिलो पटक भने होइन। यसअघि ४५ वर्षअघि सन् १९७० मा फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो। एयर फ्रान्सले जिम्मेवारी लिएको दुई वर्षमा निगमले बोइङ ७२७ सिरिजको जहाज खरिद गरेको थियो। त्यही वर्षबाट निगम जेट इन्जिन जहाजमा प्रवेश गरेको थियो। तीन वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको थियो।
निगमका एक उच्च अधिकारीका अनुसार लुफ्थान्सा कन्सल्टिङले तीन चरणमा निगमको व्यवस्थापन हेर्ने गरी प्रस्ताव पेस गरेको छ। तीन चरणका लागि चार वर्षसम्म काम गर्ने उसको प्रस्ताव छ। पहिलो दुई वर्षभित्र चारवटा ‘न्यारो बडी' जहाज थप्ने पनि उसले प्रस्ताव गरेको छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनीसँग हालै खरिद गरेको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००' सिरिजका जहाज जस्तै चार थान थप्ने लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा उल्लेख छ।
‘लुफ्थान्सा कन्सल्टिङले निगमको सञ्चालन, बजारीकरण (मार्केटिङ) र इन्जिनियरिङ पक्ष हेर्ने प्रस्ताव गरेको छ,' ती अधिकारीले भने, ‘यसका लागि उसले निश्चित रकम दिनुपर्ने बताएको छ। यसलाई अगाडि बढ्न सञ्चालक समितिले सैद्धान्तिक सहमति दिए पनि यसैले काम गर्न पाउँछ वा प्रतिस्पर्धामा अन्य कम्पनी छनोट गर्न भन्ने अन्तिम निर्णय सरकारले गर्ने छ।'
लुफ्थान्सा एयरलाइन्सकै अर्को सहायक कम्पनी लुफ्थान्सा एभिएसन क्यापिटलसँग साझेदारी गरेर लुफ्थान्सा कन्सल्टिङले निगमको व्यवस्थापन लिने तयारी गरेको हो। पहिलो चरणमा निगमको वर्तमान कार्य सञ्चालनसम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने र त्यसलाई विश्लेषण गर्ने उसको प्रस्तावमा उल्लेख छ। यो कामका लागि उसले २ लाख ९५ हजार युरो (३ करोड १२ लाख ७० हजार रुपैयाँ) निगमबाट पाउनुपर्ने प्रस्ताव गरेको छ।
त्यसैगरी निगमले गर्ने कुल आम्दानीको दुई प्रतिशत हिस्सा परामर्श शुल्कका रूपमा लिन पाउनुपर्ने सर्त पनि उसको छ। यो हिसाबमा लुफ्थान्सा कन्सल्टिङले सन् २०१५ मा ३५ लाख अमेरिकी डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) पाउने छ किनकि निगमले यो वर्ष १७ करोड ५० लाख डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) आम्दानी गर्ने लक्ष्य लिएको छ।
त्यस्तै २०१६ मा ४२ लाख डलर (करिब ४ करोड २० लाख रुपैयाँ) परामर्श शुल्क लिने छ। त्यसबेला निगमको लक्षित आम्दानी २१ करोड डलर (करिब २१ अर्ब रुपैयाँ) रहने छ।
यति परिमाणबराबरको आम्दानी गर्न निगमसँग त्यसबेला दुईवटा बोइङ ७५७, दुईवटा ए३२०, दुईवटा ‘मोडर्न आर्क' (एमए–६०), चारवटा ‘वाई१२–ई' र दुईवटा टि्वनअटर जहाज सञ्चालन हुनेछन्। बोइङ र एयरबस अन्तर्राष्ट्रिय उडान तथा बाँकी जहाज आन्तरिक उडानमा प्रयोग हुनेछन्।
लुफ्थान्सा कन्सल्टिङले तेस्रो चरणमा निगमको पुनर्संरचना गर्ने प्रस्ताव गरे पनि विस्तृतमा केही उल्लेख भने गरेको छैन। ‘लुफ्थान्सा कन्सल्टिङले व्यवस्थापन सम्हाले पनि उच्च तहमा निगमकै कर्मचारी हुनेछन्,' निगम व्यवस्थापनका एक उच्च अधिकारीले भने, ‘तर, उनीहरूका अधिकारी भने ‘स्याडो' मा बस्नेछन्। अब उसको कामबारे तथा उसले लिने शुल्कबारे एक पटक छलफल गरिने छ। केही अवधि व्यवस्थापन लिएर नयाँ कुरा सिकाए भने संस्थाका लागि लाभदायक नै हुनेछ।'
लुफ्थान्सा कन्सल्टिङले पर्यटन मन्त्रालयमा प्रस्ताव गरेको केही दिनदेखि नै यसबारे ‘आलोचना' हुन थालेको थियो। राष्ट्रिय ध्वजावाहक जस्तो मुलुकको प्रतिष्ठासँग जोडिएको संस्थाको लगभग सम्पूर्ण जिम्मेवारी बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई दिनु गलत हुने भन्दै आलोचना भएको थियो। आलोचनाका बीच मन्त्रालयले निगम सञ्चालक समितिसँग राय मागेको थियो।
लुफ्थान्सा कन्सल्टिङले उरुग्वेको कारास्को अन्तर्राष्ट्रिय विमानस्थल निजीकरण, फिलिपिन्स एयरलाइन्स र एयर माडागास्करको पुनर्संरचना, केन्या एयरवेजको सञ्चालन स्तरोन्नतिमा काम गरिसकेको छ। त्यसैगरी पछिल्लो पटक यसले साउदी अरबको साउदिया एयरलाइन्सको पुनर्संरचना, इजिप्ट एयरको आम्दानी व्यवस्थापन प्रक्रिया, इस्टोनिया एयरको सञ्जाल योजना, एयर अस्टानाको वृद्धि योजना, अल्माटी अन्तर्राष्ट्रिय विमानस्थलको रणनीतिक विकास, श्रीलंकन एयरलाइन्सको मूल्य र आम्दानी, जेट ब्लु एयरको कार्गो वृद्धि रणनीति र एयर मौरिससको क्षमता र उत्पादकत्व वृद्धिमा काम गरेको थियो।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News

0 comments