Hindi Films

चार दलबीच वालुवाटारमा वार्ता सुरु स्वास्थ्यका कारण ओली उपस्थित भएनन्

Unknown | 06:16 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होल

meeting
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको चार दलीय बैठक । तस्विर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौ, फाल्गुन ३० - संविधानका विवादित विषयमा सहमति जुटाउन सत्तारुढ र विपक्षी दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । वार्तामा सत्तारुढ कांग्रेस, एमाले र विपक्षीबाट एमाओवादी र मधेसी मोर्चाका नेताहरु सहभागी छन् ।
स्वास्थ्यका कारण एमाले अध्यक्ष केपी शर्मा ओली वार्तामा सहभागी छैनन् । एमालेसँग छलफलका लागि हिजो शुक्रबार एमाओवादी नेताहरु बालकोटस्थित ओली निवास पुगेका थिए । शुक्रबारै कांग्रेस-मधेसी मोर्चाले आज हुने वार्ताको तयारीस्वरुप बालुवाटारमा छलफल गरेका थिए  ।
फागुन-१६ पछि आन्दोलन स्थगित गरेर वार्तामा बसेको विपक्षी र सत्तारुढ दलबीच समूहिक रुपमा एकपटक वार्ता भएको छ । त्यसमा ओली अनुपस्थित भएका थिए । विपक्षी मोर्चाले चैत्र-३०-आज)सम्म वार्ताले सकारात्मक मोड नलिए दोस्रो चरणको आन्दोलनमा जाने यसअघि नै निर्णय गरेको छ ।
दलहरुबीच संघीयताको बिषयमा कुरा मिल्न बाँकी छ । पूर्वको झापा, मोरङ र सुनसरी साथै सुदुरपश्चिमको कैलाली र कञ्चनपुलाई कुन प्रदेशमा राख्ने सहमति हुन बाँकी छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments