Hindi Films

अस्पतालकै बेडबाट सीमाले लेखिन् प्रधानमन्त्रीलाई चिठ्ठी

Unknown | 15:57 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
प्रधानमन्‍त्रीज्यू , हामीलार्इ एसिड हान्‍ने पापीलार्इ फाँसी होस् २०७१ फाल्गुन
काठमाडौं : एसिड आक्रमणमा परेर वीर अस्पतालमा उपचार गराइरहेकी सिमा वस्नेतले प्रधानमन्त्री सुशील कोइरालालाई चार पृष्ठ लामो पत्र लेखेर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन्। उनले रौतहटमा आफू कसरी काठमाडौं आइपुगेको पृष्ठभूमि उल्लेख गर्दै आफूमाथि भएको घटनाबारे मार्मिक ढंगले बर्णन गरेकी छिन्। सरकारले अहिलेसम्म पनि दोषीलाई पक्राउ गर्न नसकेकोमा आक्रोश व्यक्त गर्दै सिमाले यसमा गम्भीर हुन प्रधानमन्त्रीलाई अनुरोध गरेकी छिन्। उनले लेखेको पत्र प्रधानमन्त्री कार्यलयमा औपचारिक रुपमा दर्ता गरिएको छ। पत्रमा सिमाले प्रधानमन्त्रीले साेधेकी छन्, 'हामीलाई एसिड हान्नेलाई खै पक्रेको ?' एसएलसीको ट्यूसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको बसन्तपुरमा गत फागुन १० गते बिहान एसिड हानिएको थियो। बसन्पतपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका दुई किशोरीमाथि एक युवाले एसिड हानेका हुन्। एसिड आक्रमणमा परेर रामेछापको खनियापानी गाविस–८ की १६ वर्षीय संगीता मगर गम्भीर घाइते र रौतहटकी १५ वर्षीय सीमा बस्नेत घाइते भएका थिए। दुवै अहिले अस्पतालमा उपचार गराइरहेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले बसन्तपुरको ए माइनस प्लस ट्यूसन सेन्टरमा अध्ययनका लागि प्रतीक्षारत रहेका बेलामा अनपेक्षित रुपमा अपरिचित व्यक्तिको एसिड आक्रमणमा परेका छात्राद्वय सीमा बस्नेत र संगीता मगरलाई उहाँहरु उपचाररत अस्पतालको कक्षमा नै विशेष परीक्षा केन्द्र निर्धारण गरी एस.एल.सी.को परीक्षा दिने विशेष प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। पीडित छात्रा सीमा बस्नेतले प्रधानमन्त्री कोइरालालाई संबोधन गर्दै लेखेको पत्र पढेपछि कोइरालाले सो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए । वीर अस्पतालको क्याबिन नं ९ मा उपचाररत रहेकी छात्रा सीमा बस्नेतले फागुन २६ गते लेख्नु भएको पत्र सिमाका आफन्तहरुले आज प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गराएका थिए । चार पृष्ठ लामो सो पत्रमा पीडित छात्रा बस्नेतले आगामी चैत्र ५ गतेदेखि हुने एसएलसी परीक्षा पनि दिन पाउछु कि पाउदिन भन्ने अन्योल उत्पन्न भएको बताएकी छिन्। प्रधानमन्त्री कोइरालाले आजै गृह मन्त्रालयलाई एसीड प्रहार घट्नाको गम्भीर र प्रभावकारी अनुसन्धान गरी दोषीको पहिचान र पक्राउ गरी शिघ्र कडा कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन्। उनले भविष्यमा यस प्रकारका घट्ना हुन नदिन समेत विशेष सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । आजै प्रधानमन्त्री कोइरालाले एसीड प्रहारको घट्नाबाट पीडित छात्राहरुको सम्पूर्ण उपचार खर्च राज्यको तर्फबाट व्यहोर्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न पनि निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस संबन्धि निर्णय गरी कार्यान्वयनको व्यवस्था मिलाउन फागुन १८ गते नै परिपत्र जारी गरिसकेको थियो । एसिड पीडित छात्रा बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उज्जल भविष्यको खोजीमा आफू रौतहटमा कक्षा ६ को शिक्षा पूरा गरेपछि २०६८ साल चैत्र २५ गते काठमाण्डौ. आएर कान्ति इश्वरी राज्य लक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भएको उल्लेख गर्दै आफ्नो सपना पूरा गर्न अधिक मिहेनत गरेको उल्लेख गरेकी छिन् । उनले यस वर्षको एस एल सीमा उत्कृष्ट अंक ल्याएर उच्च शिक्षा अध्ययन गर्ने अभिलाषा पूरा गर्न ट्यूशन पढेको पत्रमा लेखेकी छिन्। प्रधानमन्त्री कोइरालालाई लेखिएको पत्रमा फागुन १० गते शिक्षकको प्रतीक्षा गरेको समयमा अप्रत्यासीत रुपमा अपरिचित व्यक्तिले एसिड फालेर आफ्नो जीवनमाथि खेलबाड गरेको र भविष्य चौपट पार्न खोजेको उल्लेख गर्दै १७ दिन बित्दा पनि दोषी पक्राउ नपरेकोमा आश्चर्य प्रकट गरेकी छिन्। उनले त्यो दोषी व्यक्ति को थियो ? किन आफूहरुमाथि आक्रमण गर्यो ? र आजसम्म किन पक्राउ परेको छैन भन्ने प्रश्न पनि उठाएकी छिन् । उनले आफूसंग मोबाइल नभएको, फेसबुक पनि नभएको र ब्वायफ्रेण्ड पनि नभएके उल्लेख गरेकी छिन् । उनले साथी संगीतासंग परिचय भएको १ हप्तामात्र भएको पनि उल्लेख गरेकी छिन्। प्रधानमन्त्री कार्यालयमा दर्ता गराएको सो पत्रमा उनले यस घट्नाका दोषिहरुको पहिचान भएर दण्ड र कडा सजायको भागी नबनाइएमा भविष्यमा यस्ता घट्नाको पुनराबृत्ति हुने पनि उल्लेख गरेकी छिन् । उनले दोषीमाथि हदैसम्मको फाँसीको सजायको माग पनि गरेकी छिन् । सिमाले बुधबार प्रधानमन्त्री सुशील कोइरालालार्इ अस्पतालकै बेडबाट लेखेको चिठ्ठी

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments