सहमतिमा यौन सम्बन्ध राखी पैसा धेरै नदिएपछि बलात्कारको आरोपमा कुटिकुटी हत्या
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 12, 2015
एजेन्सी । भारत नागाल्याण्डको दीमापुरमा गत साता भएको बलात्कार आरोपीलाई जेलबाट निकालेर कुटिकुटी हत्या गरेको घटनाले नयाँ मोड लिएको छ ।
राज्य सरकारले केन्द्र सरकारलाई पठाएको रिपोर्टमा आसाम करीमगञ्जका शरिफ खानमाथि बलात्कारको आरोप लगाउने युवतीलाई बलात्कार गरेको नभई सहमतिमा यौन सम्बन्ध राखेको उल्लेख छ ।
यो संगै कुटपिट र हत्यामा सम्लग्न ४७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । शरिफ खानले पक्राउ परेपछि आफूले ती युवतीसँग सहमतिमा २ पटक यौन सम्बन्ध राखेको र ५ हजार रुपैया दिएको उल्लेख गरेका थिए ।
युवती आफ्नो खुसीले उनीसँग गएर यौन सम्बन्ध बनाएपछि धेरै पैसा मागेकी थिइन् । त्यसको केही समयपछि उनीमाथि बलात्कारको मुद्धा दायर भएको थियो ।
भारतीय गृहमन्त्रालयका एक अधिकारीले नागाल्याण्ड सरकारको रिपोर्टपछि यो बलात्कारको घटना नभएको बताएका थिए ।
२४ फेब्रुअरीमा गिरफ्तारीपछि दीमापुर जेलमा रहेका उनलाई जबरजस्ती बाहिर निकालेर कुटेर क्रुरतापूर्वक हत्या गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments