Hindi Films

भारतको हारमा अनुष्का को के दोष छर उनलाई सम्पर्ण आरोप?

Unknown | 09:21 | 0 comments



२०७१ चैत्र १२ बिहीवार
फोटो :अस्ट्रुेलियाविरुद्दको खेलमा बिराट कोहली आउट भएपछि प्रतिक्रिया जनाउँदै अनुष्का । तस्बिर : एजेन्सी
एजेन्सी : लगातार दोस्रो पटक उपाधि जित्ने भारतीय योजनालार्इ हावा खुवाउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेपछि फरक फरक टिप्पणी हुन थालेका छन् । भारतको हारको कारण अनेक भएपनि अहिले सामाजिक सञ्जालमा भने बलिउड नायिका अनुष्का शर्मा छाएकी छन् ।

भारतीय उपकप्तान बिराट कोहलीकी प्रेमिका उनी खेल हेर्न सिड्नीस्थित मैदानमै पुगेकी थिइन् । आफ्ना प्रेमी बिराटको राम्रो प्रदर्शन र भारतको जितको कामना गर्दै स्टेडियम पुगेकी अनुष्कासँगै अन्य भारतीय दर्शकको सपना पूरा हुन सकेन ।

अस्ट्रेलियासँग भारत ९५ रनले पराजित भएपछि अहिले त्यसको सबै दोष नायिका अनुष्का शर्मालार्इ थोपर्न थालिएको छ । भारतीय क्रिकेट प्रेमीले अनुष्का मैदानमा गएकै कारण बिराट पनि एक रनमा आउट भएको र भारतले खेल पनि हारेको आरोप लगाउन थालेका छन् ।
 
बिराटको राम्रो प्रदर्शनको कामना गर्दै स्टेडियम पुगेकी उनी बिराट १ रनमै आउट भएपछि स्तब्ध भइन् । उ१३ बल खेलेका बिराटले एक रन जोडेको अवस्थामा पेभेलियन फर्केपछि उनी प्याराफिटमा मुख छोप्दै स्तब्ध भएकी थिइन् ।
 
जब बिराट एक रनमै आउट भए अनि उनको मजाक उडाउन थालियो । सामाजिक सञ्जालमा बिराट उनकै कारण आउट भएको आरोप लगाइयो । अनुष्का भारतको खेल हेर्नैका लागि सिड्नी पुगेकी थिइन् । आजको खेल हुनु पहिले नै सामाजिक सञ्जालमा उनका नाममा जोक्स बनाएर सेयर गरिएको थियो ।
 
जब बिराट आउट भए तब अनुष्काथि नकारात्मक कमेन्टको वर्षा नै भयो । 'अनुष्का पहिले तिमीले ओठ सर्जरी गरायौ र अब बिराटको एकाग्रता भंग गर्यौ । यस्तो किन गर्यौ तिमीले म सँग ।' भारतीय क्रिकेट फ्यान अभ्युदयले ट्विटर गरेका छन् ।

सधैं विवादित ट्विट गर्दै आएका कमाल आर खानले यस्तो लेखे 'म सबै मानिसलार्इ अनुष्काको घरमा ढुंगा फ्याक्न आग्रह गर्छु ।'

सुजीमानले यस्तो लेखेका छन्, 'मलार्इ थाहा थियो, अनुष्का सिड्नीमा पुग्नु अपशकुन हो।'  त्यसैगरी ब्लु रावनको ट्विट यस्तो छ, 'जुन काम युवराज सिंहका लागि दीपिकाले गरिन्, उही काम अनुष्काले बिराटका लागि गरेकी छन् ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments