आजको राशिफल: वि.सं.२०७१ साल चैत ५ गते। बिहीबार। इश्वी सन् २०१५ मार्च १९ तारिख।
Unknown |
14:48 |
0
comments
![]() |
मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। धेरै श्रम गर्दा पनि तत्काललाई कम मात्र मूल्य पाइएला। तर, लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने देखिन्छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ।
बृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। कर्मसिद्धिको समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। मातापिता र प्रतिष्ठित व्यक्तित्वको सहयोग जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूले साथ दिए पनि आजको काम अधुरै रहला। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ।
|
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्।
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। तर, अलि बाध्यताका काममा जुट्नुपर्ला। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि राम्रो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फाइदाको योग छ। तर, कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ।
|
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पढाइलेखाइमा प्रगति हुनेछ। विशेष अवसरले पछ्याउने समय छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले तपाईंलाई फाइदा हुनेछ। तर, आफूलाई एक्लो महसुस हुनेछ। केही अप्रिय समाचारले खिन्नता बढ्नेछ। व्यापारमा पनि कम मात्र फाइदा होला। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर रहनेछ।
बृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मातृधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। आफ्नै कमजोरीले काममा चुनौती आउने देखिन्छ। मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल समेत गुम्ने देखिन्छ, सचेत रहनुहोला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
|
मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। फाइदा कममात्र हुनेछ। पठन–पाठनमा पति समय दिन नसकिएला। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ।
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। नियमित कामबाट फुर्सद निकालेर पनि अवसर हातपार्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग छ।
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। टाढाको यात्रा सम्भावना छ। तर, काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानी बढाउनुपर्ने समय छ। छर–छिमेकमा हुने असमझदारीले अप्ठ्यारो पर्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।
|
![]() |




0 comments