Hindi Films

बेहुलीले सोधेको प्रश्नको जवाफ नजान्दा विवाहमण्डप बाट बेहुला रित्तै फर्किनु परेपछि

Unknown | 06:31 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 13, 2015, एजेन्सी । विवाह हरेक मानिसको जीवनको दोस्रो अध्याय पनि हो । वैवाहिक सम्बन्धलाई सफल बनाउने रहर हरेक जोडीको हुन्छ । तर केही यस्ता सामान्य सवाल हुन्छन् जसले त्यो सपना चकनाचुर समेत हुन्छ । भारतको कानपुरमा हालै एउटा यस्तै घटना भएको छ । १५ मा ६ जोडे कति हुन्छ भन्ने कुरा प्राथमिक कक्षामा पढ्ने जुन कुनै बच्चाले पनि सजिलै भन्न सक्छन् । तर विवाह मण्डपमा बेहुलीले बेहुलालाई सोधेको यो प्रश्नको जवाफ दिन नसक्दा उनले रोजेको जीवनसाथी गुमाउनु मात्र परेको छैन अपमानित भएर फर्किनु परेको छ । कानपुरको देहात जिल्लामा एक दुलहीले दुलाहालाई सोधेको यो प्रश्नको जवाफ दिन नसक्दा रित्तै फर्किनुपरेको हो । केटीलाई केटाको शैक्षिक योग्यताबारे शंका लागेर १५ मा ६ जोड्न लगाएकी थिइन् । त्यसको उत्तर १७१ भनेपछि उनको शंका सही साबित भयो र उनले विवाह गर्न अस्वीकार गरिन् । कानपुरको इटावा निवासी रामबरण बारातले मोहर सिंहकी छोरी लवलीसँग विवाह गर्दै थिए । विवाहको रौनकमा सबै रमाइरहेका बेला बेहुलीले विवाह अस्वीकार गरेपछि सन्नाटा छाएको थियो । केटीका बाबुले विवाहका लागि जति सम्झाएपनि उनले अस्वीकार गरिरहिन । उनले आफूलाई बेहुलाको शैक्षिक योग्यताबारे अँध्यारोमा राख्न खोजको भन्दै उनले प्रहरीलाई नै खबर गरिन् । तर गाउँलेहरुको आग्रहमा प्रहरी भने गएन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments