Hindi Films

घर किन्दा श्रीमती उपहार (भिडियो सहित)

Unknown | 00:49 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 12, 2015,एजेन्सी । तपाईले अहिलेसम्म पनि इन्टरनेटमा सामान खरिद बिक्री हुने गरेको थाहा पाउनुभएको होला । तर इण्डोनेसियाकी एक महिलाले आफ्नो घरको विज्ञापनमा एक अनौठो अफर घोषणा गरेकी छन् । उनले आफ्नो घर किन्नेले आफूलाई नै श्रीमती बनाउन पाउने बताएकी हुन् । अहिले उक्त विज्ञापनको चौतर्फी चर्चा सुरु भएको छ । यस भिडियो विज्ञापनमा महिलाले आफ्नो पूरा घर देखाएकी छन् ।
यस घरमा दुईवटा बेडरुम, एउटा बाथरुम, सानो पोखरी र पार्किङस्थल रहेको छ । उक्त विज्ञापनको चर्चा घरलाई लिएर भन्दा पनि घर मालिक्नीलाई लिएर भएको छ । यस घरकी घरधनी ४० वर्षीय विधवा हुन र उनले ब्युटीपार्लर सञ्चालन गर्दै आएकी छन् । उनका अनुसार यो विज्ञापन केवल गम्भीर खरिदवालाका लागि हो र यसमा केही शर्त राखिएका छन् । यो घर जाभा टापुको स्लेमनमा छ र यसको मुल्य ७५ हजार डलर रहेको छ । उनको यो चलाखीपूर्ण विज्ञापनबारे धेरैले हेरेपनि थोरैले मात्रै यसको वास्तविकतातर्फ नजर लगाएका छन् । उनको यो अफरले उनको घरपनि बिक्नेछ भने उनी सधैं त्यो घरकी मालिक्नी नै रहनेछिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments