Hindi Films

पारसलाई निर्मल निवासमा बस्न दिएनन्

Unknown | 08:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१९ चैत, काठमाडौं । ३ वर्ष भन्दा बढी स्वनिर्वाशित जीवन विताएर स्वदेश फर्किएका पूर्व युवराज पारस साह काठमाडौं फर्किएपछि दरवारमा तनाव भएको छ । उद्दण्ड पारसले नेपाल देखि विदेश सम्म आफ्नो र राजसंस्थाकै बदनामी गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्रले छोरा पारसलाई निर्मल निवासमा नबस्न भनेका छन् । पारस साहलाई लिन दरवारका कोही पनि विमानस्थल गएका थिएनन् । उनी निर्मल निवास पुग्दा समेत त्यहाँको वातावरण समेत राम्रो नभएको श्रोतले बतायो । खासमा उनलाई पुनर्स्थापना केन्द्रमा राख्न खोजिएको बताइएको छ । बाबुले निर्मल निवासमा बस्न नदिएपछि पारस साहले धुम्बाराहीमा रहेको कुन्डलिनी फिटनेश सेन्टरमा बस्ने निर्णय गरेको उनी निकट साथीभाइले जानकारी दिएका छन् । थाइल्याण्डमा पटक पटक लागु औषध दुर्ब्यसनीमा फसेका र पक्राउ परेर जेल समेत परेका पारसलाई दुर्ब्यसनीबाट मुक्त गर्न गर्नका लागि दरवारले उनलाई बाहिर राख्ने निर्णय गरेको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments