Hindi Films

नेतृसँग एसएसपीको गोप्य यौन अडियो

Unknown | 02:23 | 0 comments




मंगलबार, बैशाख ८,
नेपाल प्रहरीका एक उच्च अधिकारीको महिलासँगको गोप्य अडियो टेप सार्वजनिक भएको छ । टेपमा यौन सम्बन्धी गोप्य कुराकानी छ ।

अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख एसएसपी सुरेश केसीको स्थानीय एक महिलासँगको अडियो टेप सार्वजनिक भएको छ । शरदसिंह भण्डारीको पार्टीकी एक स्थानीय नेतृसँग फोनमा गरेको यौन संवादको अडियो यतिबेला जनकपुरका पत्रकारको हातमा पुगेको छ ।

२ सन्तानको आमा रहेकी ४० वर्षीया ती महिला पहिला संजय साह (टक्ला) निकट थिइन् । टक्ला जेल परेपछि उनी शरदसिंह भण्डारीको पार्टीमा लागेकी हुन् । एसएसपी केसीसँग मिलेर उनले तस्करीको सेटिङ मिलाउनेदेखि प्रहरीको सरुवा बढुवामा समेत चलखेल गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र अञ्चल प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु हैरान हुन थालेको समाचार दृष्टि साप्ताहिकले छापेको छ ।


Category:

0 comments