Hindi Films

ऐश्वर्या–अभिषेकको प्रेम कहानी, ऐश्वर्याअघि अर्कैलाई औठी

Unknown | 07:12 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 20, 2015 मुम्बई । सोमबार बलिउडको चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीच विवाह भएको ८ वर्ष पुरा भएको छ । उनीहरुबीच सन् २००७ मा विवाह भएको थियो । विवाह पहिले ऐश्वर्याका नाम सलमान खान र विवेक ओबरायसँग जोडिएको थियो भने अभिषेकको नाम रानी मुखर्जी र करिश्मा कपुरसँग जोडिएको थियो । तर कसैले पनि अभिषेक र ऐश्वर्याको जोडीको चर्चा भने गर्दैन थियो । अक्टुबर २००२ मा अभिषेक र करिश्माबीच इन्गेजमेन्ट नै भएको थियो र १ वर्षपछि टुटेको थियो । त्यसको करिब ४ वर्षपछि उनले ऐश्वर्यासँग विवाह गरेका हुन् । उनीहरुबीच कजरारे… कजरारे.. बोलको गीतको शुटिङका क्रममा सम्बन्ध स्थापित भएर ‘गुरु’ फिल्म शुटिङका क्रममा झांगिएको थियो । टोरन्टोमा गुरुको प्रिमियरका क्रममा अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए र मुम्बई फर्किएपछि इन्गेजमेन्ट भएको थियो । उनीहरुको विवाहलाई परिवारले गोप्य राख्न चाहेपनि हेर्न चाहनेहरुको भिड थाप्न प्रहरी नै तैनाथ गर्नुपरेको थियो । उनीहरुकी अहिले छोरी आराध्या रहेकी छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments