Hindi Films

आजको राशिफल: वि.सं.२०७२ साल वैशाख ८ गते। मंगलबार। शकसंवत् १९३७। इश्वी सन् २०१५ अप्रिल २१ तारिख।

Unknown | 15:22 | 0 comments

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries विभिन्न अवसर पाइने र धनलाभ हुने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिनेछ। द्विविधा बढ्नाले तत्काल निर्णय लिन नसकिएला। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। पढाइमा ध्यान दिन नसकिएला। कार्यसम्पादनमा पनि विलम्ब हुनेछ। ठगीमा परिने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus कार्य सम्पादनमा विलम्ब भए पनि विगतका त्रुटि सच्याउने मौका छ। केही मात्रामा खर्च बढ्नेछ। काममा लगानी बढाउनुपर्ला। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। टाढाको यात्रा वा स्थान परिवर्तन हुने सम्भावना छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहजनक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo 
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। तर अरूका जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका पाइएला, सचेत रहनुहोस् । पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी थपिनेछ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। एक्लोपनाको अनुभूति हुनेछ। तापनि, प्रयत्न गर्दा सहयोगीहरूले साथ दिनेछन् र काममा आंशिक सफलता मिल्नेछ। व्यावसायमा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : आजको प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना भने तत्काल फलदायी नहोलान्। काममा मातापिताको सहयोग प्राप्त होला। नयाँ काममा हात हाल्ने समय छ। थोरै भए पनि स्थायी सम्पत्ति जोड्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्ने योग छ।

Category: ,

0 comments