चीनले दियो मोबाइल अस्पताल
![]() |
फोटो : चीनका राजदूत वु चिन्ताइ प्रधानसेनापति गौरबसमशेर जबरालाई मोबाइल फिल्ड हस्पिटल सेट-२ हस्तान्तरण गर्दै। तस्बिर: नेपाली सेना
काठमाडौं : चीन सरकारले नेपाली सेनालाई दुईवटा मोबाइल फिल्ड अस्पताल हस्तान्तरण गरेको छ। छाउनीस्थित जगदल गणमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले चिनियाँ जनमुक्ति सेनाका तर्फबाट नेपाली सेनालाई मोबाइल फिल्ड अस्पताल हस्तान्तरण गरेका हुन्।
राणाको चीन भ्रमणका क्रममा चिनियाँ सरकारका तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप ५९ मिलियन आरएमबीबराबरका दुईवटा मोबाइल फिल्ड अस्पताल उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
सहयोगस्वरूप प्राप्त प्रत्येक मोबाइल अस्पतालमा १२ वटा गाडी प्रयोग हुने भएकाले २४ वटा गाडी र आठवटा ट्रक नेपाली सेनालाई हस्तान्तरण गरिएको छ।
यसैबीच नेपाली सेनाको मेडिकल टिमले सोमबार भूकम्प प्रभावित दोलखाको चरीकोट, रामेछापको मन्थली र रसुवाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सेनाले भूकम्पबाट घाइते एक हजार दुई सय ४० जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार गरिसकेको छ। त्यस्तै तीन सय २६ जनाको शल्यक्रिया गरेको छ।
यसैगरी विभिन्न स्थानबाट तीन सय १५ जनालाई हेलिकोप्टरबाट उपचारका लागि वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भारतका कम्ब्याट इन्जिनियरको टोलीले सोमबार भक्तपुरका विभिन्न स्थानबाट भग्नावशेष हटाएको नेपाली सेनाले जनाएको छ।
क्यानाडाको टोली र नेपाली सेनाको इन्जिनियर टोलीले काठमाडौं शंखरापुर र साँखुबाट २५ ट्रक भग्नावशेष हटाएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments