Hindi Films

पुनमको आमाले भनिन्: ‘कपडा लगाउने गर अनि बाथरुममा सेल्फी नखिच ।’

Unknown | 13:08 | 0 comments


poonam-pandey
२०७२ वैशाख २८ गते , बलिउड हट मोडल तथा नायिका पूनम पाण्डे छोटा पहिरन र उत्तेजित तस्बिका कारण चर्चामा छिन् ।
बलिउडमा खासै चमत्कार गर्न नसकेकी पूनमको यस्तो हर्कतले अब उनकी आमा पनि हैरान भएकी छिन् ।
यो कुराको खुलासा स्वयंम पूनमले नै गरेकी हुन् । उनले ट्विटरमा ट्विट गर्दै लेखेकी छिन्-‘जब मैले मेरी आमालाई सोधे, तपाई मबाट के चाहनुहुन्छ । मेरी आमाले भन्नुभयो-‘कपडा लगाउने गर अनि बाथरुममा सेल्फी नखिच ।’
पूनमका अनुसार जब उनले आमालाई बाथरुममा नभएपनि विस्तारामा सेल्फी खिच्न सक्छु भनेर सोधिन् त उनकी आमाले गाली गर्न थालिन् ।
पूनमले आफूले आमाका हरेक कुरा नकारेपनि उनलाई माया गर्ने बताएकी छिन् । मोडल पाण्डे बाथरुममा उत्तेजक सेल्फी र सेक्सी पहिरनका कारण सधै नै मिडियामा चर्चामा रहन्छिन् ।

Category:

0 comments