Hindi Films

जेलबाट छुट्ने अघिल्लो दिन यसरी मृत्यु....

Unknown | 04:18 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, वैशाख ३१ - लागू औषध मुद्दामा कैद सजाय पाएका ३४ वर्षीय निरज शाही केन्द्रीय कारागारबाट वैशाख ११ मा छुट्दै थिए । तर त्यो दिन लोकतन्त्र दिवस पर्नाले छुट्न पाएनन् । उनले वैशाख १३ कुर्नुपर्ने भयो । २०७० साउनमा लागू औषधसहित त्रिपुरेश्वरबाट समातिएका उनी शनिबार साथीहरूसँग बिदाबारी हुँदै थिए । तर नयाँ जिन्दगी सुरु गर्न उत्साहित उनको त्यो खुसी धेरै समय टिकेन । वैशाख १२ शनिबार गएको विनाशकारी भूकम्पले उनीसहित १६ कैदीको ज्यान गयो । बहिनी स्नेहाले नीरजलाई कारागारमुक्त गर्न वैशाख १० मा अदालतमा निवेदन दिएको बताइन् । अदालतले ११ गते रिहा गर्न भनी पत्र पठाइदियो ।’ ११ गते नै कारागार पुग्दा कर्मचारीले लोकतन्त्र दिवसको सार्वजानिक बिदाका कारण छाड्न नमिल्ने भन्दै पठाइदिए । शुक्रबार गणतन्त्र दिवसको बिदा र शनिबार साप्ताहिक बिदाका कारण उनी आईतबार मात्र छुट्ने भए । ‘दाइले पनि दुई वर्ष बसियो, दुई दिन त हो भन्दै हामीलाई घर पठाइदिनुभयो,’ स्नेहाले भनिन् ‘आइतबार लिन जान नपाउँदै शनिबार नै दाइ बित्नुभएछ ।’ परिवारले नीरजको शव ५ दिनपछि मात्र पाए । केन्द्रीय कारागारको भद्रगोलतर्फको ब्लकमा भवन भत्केर उनको मुत्यु भएको हो ।
कारागार व्यवस्थापन विभागका अनुसार प्रभावित सबै जिल्लाका कारागारहरू क्षतिग्रस्त छन् । विभागका महानिर्देशक हिमनाथ दवाडीका अनुसार ३५ जिल्लाका कारागारमा क्षति पुगेको छ । खासगरी ११ जिल्लाका कारागार बढी क्षतिग्रस्त छन् । त्यसमा काठमाडौंका तीनवटै कारागार पर्छन् । सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीजार कारागार र ललितपुरको नख्खु कारागार क्षतिग्रस्त छन् । सिन्धुपाल्चोकको कारागार पूर्णरूपमा भत्कँदा त्यहाँका २ सय १० कैदी भागेका थिए । ती मध्ये ६ जना प्रहरीको सम्पर्कमा पुगेका छन् । चौतारास्थित कारागारबाट भागेका दुई पाकिस्तानी कैदीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा आएर आत्मसमर्पण गरेका छन् । बाँकी केही कैदीलाई सिन्धुपाल्चोक प्रहरीले कार्यालय परिसरमा प्रहरीले रोकेर राखेको छ । डिल्लीबजार कारागारबाट एक कैदी भागेका छन् । रसुवा, काभ्रे, रामेछाप, दोलखा, महोत्तरी, धादिङ, भोजपुर, मकवानपुर, गुल्मी, लमजुङ, ताप्लेजुङ, ओखलढुंगालगायत जिल्लाका कारागार क्षतिग्रस्त छन् । महानिर्देशकले केही कारागारहरू जेलरले मर्मत गर्न लगाइरहेको बताए । ‘सुरक्षित स्थानमा राखिदेऊ’ कारागार भित्रका कैदीबन्दी र उनीहरूका आफन्तले सुरक्षित स्थलमा सार्न अनुरोध गरेका छन् । केन्द्रीय कारागारका कैदी रामचन्द्र प्यासीले कारागारभित्रको वातावरण आतंकित भएको भन्दै सुरक्षित स्थलमा सारिदिन अनुरोध गरेका छन् । उनका अनुसार कारागारको भित्रपट्टीका भवनहरू चर्किएका छन् । ‘भूकम्प भन्नासाथ भागदौड र कोलाहल हुँदोरहेछ,’ आफन्त भेट्न डिल्लीबजार पुगेकी अप्सरा कोइरालाले भनिन्, ‘कारागारभित्र अत्यन्तै दयनीय अवस्था रहेकाले उनीहरूको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले धेरैजसो कैदीका आफन्त, आमा बुवा र छोरा छोरीहरू भूकम्पमा परेर बितेका कारण क्रिया गर्न सरकारले छुट दिनुपर्ने बताइन् । केन्द्रीय कारागारमा १५ सय र भद्रबन्दी गृहमा ५ सय जना छन् । महिलाको ब्लकमा झन्डै एक सय ५० कैदी छन् । कारागार भवनहरू असुरक्षित बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आधा सजाय भुक्तान गरिसकेका कैदीलाई आममाफी दिन सिफारिस गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments