भूकम्पपीडितका लागि आठ वर्षीय अमेरिकी बालकले २७ लाख जुटाए
![]() |
आठ वर्षीय अमेरिकी बालकले २७ लाख जुटाए
फोटो :एजेन्सी
भूकम्प पीडितका लागि खुत्रुके फुटाएर सहयोग
एजेन्सी : नेपालका भूकम्पपीडितका लागि ८ वर्षीय एक अमेरिकी बालकले २६ हजार डलर संकलन गरेका छन् ।
ती बालकले २६ लाख ५९ हजार ५ सय ९२ रुपैयाँ सडकमा मानिससँग चन्दा उठाएर संकलन गरेका हुन् । मेरिल्यान्ड निवासी ८ वर्षीय बालक निभ सराफले २५ मे मा गएको भूकम्पपछि आफ्नो खुत्रुकेमा बचत भएको रकम भूकम्पपीडितलार्इ दिने इच्छा देखाउँदै बाबुआमासँग अनुमति मागेका थिए ।
छोराको कुरा सुनेका बाबुआमाले सहयोग गर्न हौसला बढाएपछि निभले भूकम्प पीडितलार्इ सकेसम्म सहयोग गर्ने हिम्मत जुटाएर एक हप्ताअघिबाट चन्दा संकलन गर्न थालेका थिए ।
निभले आफ्नो खुत्रुके फुटाएर ३८४ डलर तथा साथीहरुसँग लिएर उठाएको २६ हजार ६ सय ७५ डलर नेपालका भूकम्पपीडितका लागि संकलन गरेका हुन् ।

निभ सराफ आमाबाबुसँग
उनले बाबुआमाले हौसला बढाएपछि निभले सहयोग जुटाउनका लागि उनका साथीभाइसँग तत्कालै सम्पर्क गरेका थिए । साथीभाइको समेत सहयोग जुटेपछि उनले छुट्टै वेबसाइट क्रोड्राइज बनाएर सहयोगका लागि सम्पर्क बिस्तार गरे ।
उनले सो वेबसाइटमा आफूले संकलन गरेको रकम सार्वजनिक गरेका छन् । नेपालका भूकम्पपीडितका लागि उनलार्इ सहयोग गर्ने सबै दाताहरुको नाम र चन्दा रकमसमेत उनले वेबसाइटमा उल्लेख गरेका छन् ।
उनले राहत संकलन गरिरहँदा नेपालका भूकम्पपीडितलार्इ सहयोग जुटाउन जुटेको अमेरिकन नेपाल मेडिकल फाउन्डेसनसँग सम्पर्क भएको थियो । त्यस संस्थाले पनि निभलार्इ राहत संकलन गर्न हौस्याएको थियो ।
'मेरा बाबुआमाले आफ्नो बाल्यकाल बिताएको मातृभूमि अहिले संकटमा छ, यो बिपतको बेला धेरै नेपाली सहयोगका लागि रोइरहेका छन् । सबैजनाले सहयोग गर्नु जरुरी छ', निभले वेबसाइटमा लेखेका छन्, 'मर्नेहरुको संख्या बढिरहेको छ, अहिले पनि धेरै ठाउँमा उद्धार र सहयोग पुगेको छैन। हाम्रो मुटु नै रोकिने गरी ज्यान गुमाउनेको संख्या बढिरहेको छ । नेपालको हरेक नयाँ खबरले हाम्रो मुटुको ढुकढुकी नै रोक्न खोज्दैछ ।'

उनले आफूले उठाएको सहयोग नेपालका भूकम्पपीडितलार्इ निस्वार्थ सघाइरहेका प्रतिष्ठित र इमान्दार संस्थालार्इ भूकम्पपीडितका निम्ति खर्चिन दिने बताएका छन् ।
'नेपालमा भूकम्पले हजारौं मानिस मारिएको खबरले मेरो मन रोइरहेको छ', उनले भनेका छन्, 'उनीहरुको घाउमा मल्हम लाउन मेरो खुत्रुकेबाट ३८४ डलर चन्दा उठाएको २६ हजार ६ सय ७५ डर नेपालका भूकम्पपीडितका लागि पठाउँदैछु ।'

Category: News

0 comments