सिके राउतले भने “पहाडिया महिलाहरु बेश्या हुन्” राउतको यो भनाईमा तपाइँ के भन्नुहुन्छ?(भिडियो)
|
काठमाडौं । गत बैशाख १२ र २९ गते शक्तिशाली भूकम्प आएपछि अतिप्रभावित क्षेत्रका बस्तीलाई तराईमा सार्ने चर्चा चलिरहँदा विभिन्न लान्छना लाउने क्रम सुरु भएको छ ।
सद्भावना नेतृ सरिता गिरीले तराईमा बस्ती बसाउने निर्णय ‘महेन्द्रवादी’ भएको भन्दै आलोचना गरेलगत्तै तराईलाई अलग राष्ट्र बनाउनुपर्ने भन्दै अभियान चलाइरहेका सिके राउतले बस्ती सारे गृहयुद्ध हुने अभिव्यक्ति दिएका थिए ।
विपत्तिको समयमा राउतले फेरि अर्को आपत्तिजनक हर्कत गरेका छन् । उनले सामाजिक सञ्चाल ट्विटरमार्फत पहाडी महिलालाई बेश्याको संज्ञा दिएका छन् ।
देश महाभूकम्पबाट क्षतविक्षत बनेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने भन्दै पडाडीको वेश्यावृत्ति गर्ने पुख्र्यौली पेसा नै भएको आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
उनले मधेसमा पहाडी समुदायलाई आश्रय दिन नहुने भन्दै तराईमा बस्ती बसाए गृहयुद्ध हुने बताएपछि चर्को विरोध भएको थियो । त्यसलगत्तै उनको यस्तो भनाई आएको हो । उनको यस्तो भनाईको फेरि चौतर्फी विरोध सुरु भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments