Hindi Films

भगवानले अप्रेसन गर्दागर्दै अप्रेसन थिएटर हल्लियो र भागाभाग .......आफन्त भेट्न सकिएन

Unknown | 08:52 | 0 comments



dr-bhagawanकाठमाडौं– महाभूकम्पपछि जनजीवन सामान्य बन्दै गइरहेको थियो । अस्पतालमा पनि आकस्मिक कक्षका बिरामीको चाप घट्दो थियो । डाक्टरहरु पनि आकस्मिकबाट नियमित सेवामा लागिसकेका थिए । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पनि आइतवारबाट नियमित सेवा सुरु गरेका थिए ।
दुईटै भल्भ फेरिसकेपछि हर्टलङ मेसिनबाट मुटुको काम मुटुमैं फर्काउने प्रक्रिया चलिरहेको थियो । एक्कासी अप्रेसन थिएटर हल्लियो । सहयोगीहरु आत्तिएर चिच्याउन र कराउन थाले । बिरामी टेबलबाट खस्ने गरी झड्का लाग्यो । 
मंगलवार डा. कोइराला मनमोहन कार्डियाथोरासिस तथा भास्कुलर सेन्टरको पाँचौ तलामा रहेको अप्रेसन थिएटरमा एक जना वयस्क पुरुषको मुटुको भल्भ फेरिरहेका थिए । दुईटै भल्भ फेरिसकेपछि हर्टलङ मेसिनबाट मुटुको काम मुटुमैं फर्काउने प्रक्रिया चलिरहेको थियो । एक्कासी अप्रेसन थिएटर हल्लियो । सहयोगीहरु आत्तिएर चिच्याउन र कराउन थाले । बिरामी टेबलबाट खस्ने गरी झड्का लाग्यो ।  बिरामीको छाती खोलिएका कारण छाड्न मिलेन र डा. भगवान समातेर बसे । अरुलाई पनि सान्त्वना दिन थाले । भूकम्प जाँदाजादै जब माथिल्लो तलामा ठूलठूलो आवाज आउन थाल्यो । डा. भगवानको मनमा लाग्यो, ‘भवन भत्किन थाल्यो । अब सबथोक सकियो ।’ त्यस्तो अवस्थामा पनि उनले आफ्नो टिमलाई सान्त्वना दिइरहे, ‘केही पनि हुँदैन, नडराउनुहोस् ।’
पाँचौ तला भएकाले घर निकै हल्लिएको थियो । त्यसमाथि ड्याडुङ आवाज आउँदा मुटरोग विशेषज्ञ डाक्टर भगवानको पनि मुटु हल्लिएको थियो । तर, उनले बिरामी छाड्नै सकेनन् । आफ्नो ज्यान जोगाए पो अरुको ज्यान जोगाउन सकिन्छ भनेर भाग्ने बिचार आएन डा. कोइरालाले भने, ‘डाक्टरको धर्ममा पहिला बिरामी आउँछ । त्यसैले टिमलाई सम्झाउँदै बसेँ ।’  
मंगलवार दोस्रोपल्ट गएको ठूलो भूकम्पको समय थियो त्यो । उनले स्वास्थ्य खबरपत्रिकासँग भने, ‘भल्भ फेर्ने काम सकेर मुटु चालु गर्ने समयमा एक्कासी भूकम्प गयो । आत्तिएर अलिकति यताउता भएको भए बिरामीको ज्यान जान सक्थ्यो ।’
पाँचौ तला भएकाले घर निकै हल्लिएको थियो । त्यसमाथि ड्याडुङ आवाज आउँदा मुटरोग विशेषज्ञ डाक्टर भगवानको पनि मुटु हल्लिएको थियो । तर, उनले बिरामी छाड्नै सकेनन् । आफ्नो ज्यान जोगाए पो अरुको ज्यान जोगाउन सकिन्छ भनेर भाग्ने बिचार आएन डा. कोइरालाले स्वास्थ्य खबरपत्रिकासँग भने, ‘डाक्टरको धर्ममा पहिला बिरामी आउँछ । त्यसैले टिमलाई सम्झाउँदै बसेँ ।’
फेरि अर्काेपल्ट भूकम्पको झट्का आयो । ‘त्यसपछि त टीमका केही रुन कराउन र केही आत्तिएर भाग्नलुक्न थाले,’ उनले सम्झिए । दोस्रो कम्पन पहिलोभन्दा कमजोर र थोरै समयको भएकाले चाँडो स्थिति साम्य भयो ।
एक्कासी आइलागेको असाधरण अवस्थामा समेत भगवानले बिरामी हेर्न भ्याए । उनलाई भूकम्पले ल्याउन सक्ने विपद् सँगै अर्काे डर थपिएको थियो, ‘यस्तो अवस्थामा कतै बिरामीको मुटु चल्न त छाडेन ?’ उनले बिरामीको मुटु चलिरहेको देखे । त्यतिन्जेल कम्पन कम भइसकेको थियो । आफ्नो टिमलाई बोलाएर सामग्री भुइँमा राख्न लगाए । अप्रेसनको कामलाई नियमित गरे ।
फेरि अर्काेपल्ट भूकम्पको झट्का आयो । ‘त्यसपछि त टीमका केही रुन कराउन र केही आत्तिएर भाग्नलुक्न थाले,’ उनले सम्झिए । दोस्रो कम्पन पहिलोभन्दा कमजोर र थोरै समयको भएकाले चाँडो स्थिति साम्य भयो ।
जब बिरामीका आफन्त खोज्न स्टाफलाई पठाए । कहीँ कतै भेटेनन् । आफ्नो ज्यान जोगाउन बिरामीका आफन्त भागिसकेका थिए । अप्रेसन थिएटरभित्र आफ्नो बिरामीको शल्यक्रिया चलिरहेका बेला भूकम्प गएपछि आफन्तहरु डराइरहेका थिए, ‘कतै ज्यान तलमाथि त परेन ?’
डा. कोइरालाको टिमले आफ्नो ज्यान हातमा लिएर ती बिरामीको ज्यान जोगाए ।
जब बिरामीका आफन्त खोज्न स्टाफलाई पठाए । कहीँ कतै भेटेनन् । आफ्नो ज्यान जोगाउन बिरामीका आफन्त भागिसकेका थिए । अप्रेसन थिएटरभित्र आफ्नो बिरामीको शल्यक्रिया चलिरहेका बेला भूकम्प गएपछि आफन्तहरु डराइरहेका थिए, ‘कतै ज्यान तलमाथि त परेन ?’
bhagwan koirala swasthya khabar patrikaमुटु जस्तो महत्वपूर्ण अंगको अप्रेसनका बेला आइलागेको बिपत्तिमा यस्तो सोचाइ आउनु स्वभाविक थियो । ‘डा. भगवान हाम्रा  लागि साँच्चिकै भगवान भइदिनुभयो,’  दुईघन्टा पछि सम्पर्कमा आएका बिरामीका आफन्तको प्रतिक्रिया थियो यो ।
उनले बिरामीका आफन्त सम्पर्कमा आउनुअघि नै बिरामीलाई पाँच तलाबाट आफ्नै सहकर्मीको सहारामा टिचिङको आइसियुमा पु¥याइसकेका थिए ।
बिरामी अहिले सामान्य अवस्थामा छन् । उनले भात खान थालिसकेको डा. कोइरालाले बताए ।
-  

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments