Hindi Films

महिलाको प्रिय बन्न चाहनुहुन्छ?यसो गर्नुहोस

Unknown | 15:20 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुक लाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्न सक्नुहुनेछ । कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले सताउने गरेको हुन्छ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाईमा समस्या पनि ल्याउँछ । केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुरा भने होइन ।
–भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै बाल्यकालका सम्झनाहरु, भविष्यका रुचिहरु, इच्छाहरु आदिबारेमा कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् । –उनीहरुले तपाईप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाई उनीहरुको नजिकै उभिनु भएको छ भने अप्ठ्यारो महशुस गरेका हुन सक्छन् । –कहिलेकाँहि ठट्टा गर्नुहोस् । तर वरिपरिको वातावरण, परिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरुको ज्यादै नजिक पुराउँछ । कुरा गर्न सजिलो हुन्छ । –उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्ने महिलाहरु बढी आकर्षित हुने गर्दछन् । –उनीहरुका बारेमा कुरा गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुका बारेमा तपाईले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् । –महिलाहरुलाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् । –प्रश्न गर्दा ठाडो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् । –आफ्नो परिचय नलुकाउनुहोस । काम, इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् । उनीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् । –सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाँहि साथीभन्दा माथीको सम्बन्धमा तपाई आफै बाधक बन्नु भएको हुन सक्छ । त्यसैले त्यसबारेमा उनीहरुको धारणा बुझ्नुहोस र आफ्नो धारणा राख्नुहोस । एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments