भारतले चीन लक्षित क्षेप्यास्त्र परीक्षण, चीनसँगको सीमामा राख्ने सरकारको घोषणा
![]() |
२८ बैशाख, एजेन्सी ।
भारतले २९० किलोमिटर दुरी सम्म मार हान्न सक्ने सुपरसोनिक क्रुज क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ब्रह्मोसको एडभान्स भर्सनको यो क्षेप्यास्त्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको पूर्वसन्ध्यामा भारतले यो क्षेप्यास्त्र परीक्षण गरेपछि चीनमा समेत यसको प्रभाव देखिने विश्लेषकहरुले बताएका छन् ।
यो क्षेप्यास्त्रले पहाडमा लुकेका निशानामा समेत मार हान्न सक्ने टाइम्स अफ इण्डियाका अनुसार ब्रह्मोस ब्लक-1 र ब्लक-2 सैनिक टोलीको सहभागितामा यो क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको हो ।
भारत सरकारले यो क्षेप्यास्त्र चीनसँगको सीमाक्षेत्र अरुणाचलको सीमामा राख्ने बताएको छ । यो क्षेप्यास्त्रले चीनबाट हुने खतरालाई कम गर्ने दावी समेत भारतीय सञ्चार माध्यमले गरेका छन् ।
![]() |
Category: News



0 comments