Hindi Films

बिहे एउटा पवित्र सम्बन्ध हो, अहिले नै बिहेको लागि तयार छैन: दीपिका

Unknown | 04:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ जेठ ५ गते चलचित्र ‘पीकु’ सफल भएपछि बलिउड सुन्दरी दीपिका पादुकोणको खुशीको सिमा छैन । उनी अहिले पार्टीमा रमाइरहेकी छिन् । गतराती मात्र उनले बलिउडका आफू निकट साथीहरुलाई बोलाएर पार्टी दिइन् । उनै दीपिकाले आफू बिहेका लागि तयार नभएको बताएकी छिन् । उनलाई बिहे गर्न कुनै पनि हतार छैन । सफल नायिकाले भनिन्-‘मलाई बिहेको बारेमा केही थाहा छैन । करिअर एउटा चिज हो, तर एक व्यक्तिको साथमा पुरा जिन्दगी बिताउनु, उसँग बिचार र सोच मिलाउनु दोश्रो कुरा हो ।’ दीपिकाले आफूले हतारमा बिहे नगर्ने बताइन् । बिहे एउटा पवित्र सम्बन्ध भएको भन्दै उनले यसमा हतार गर्नु ठिक नएको तर्क राखेकी छिन् । नायक रणवीरक कपुरसँग प्रेम सम्बन्ध विच्छेद भएपछि दीपिका अहिले रणवीर सिंहको प्रेममा छिन् । तर, यो जोडीले प्रेम स्विकार गरेको छैन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments