Hindi Films

पर्शुराम बस्नेतलाई कारबाही नभए शव बुझ्दैनौ : मोर्चा

Unknown | 00:44 | 0 comments


 
जसले मान्छे उराल्यो, उसैलाई कारबाही : बस्नेत
विराटनगर : रंगेली घटनामा युवा संघका केन्द्रीय सचिव पर्शुराम बस्नेत दोषी मान्दै उनलाई कारबाही नगरुञ्जेल शव नबुझ्ने चेतावनी मधेसी मोर्चाले दिएको छ ।
 
मोर्चाले घटनामा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख पनि दोषी रहेको भन्दै उनीहरुलाई पनि कारबाही हुनुपर्ने माग अघि सारेको छ । 

संयुक्त मधेसी मोर्चाले आज बिहान विराटनगरमा गरेको पत्रकार भेटघाटमा मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले भने, ‘युवा संघले बलमिच्याईं गरेर कार्यक्रम गरेकोले घटना भई तीन जनाको मृत्यु भएको हो ।’ 

यादवले विराटनगरमा युवा संघका कार्यकर्ताको आक्रमणबाट मोर्चाको गठबन्धन दल सद्भावनाका केन्द्रीय सदस्य दिलिप धाडेवा गम्भीर घाइते भएको घटनाको नेतृत्व सचिव बस्नेतले नै गरेकोले उनलाई ज्यान मुद्दा चलाउनु पर्ने बताए । 

मोर्चाले गरेको पत्रकार सम्मेलनमा संघीय फोरमका प्रवक्ता जितेन्द्र यादव, तमलोपाका जिल्ला अध्यक्ष मोहमद कादिर, सदभावनाका चन्द्र राजवंशी र मुस्लिम नेता तरबेज हकले रंगेली घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याएसम्म मृतकको शव नबुझ्ने बताए । 

विहीबार रंगेलीमा सभा सकेर एमाले नेता फर्कने क्रममा धाडेवा नेतृत्वको मोर्चाको टोलीले गाडी छेक्दा झडप भएको थिाये । 

मोर्चाको माग जग हसाउँने मेलो
धाडेवा घाइते भई धरानमा उपचाररत छन् । मोर्चाको माग हाँस्यास्पद भएको प्रतिक्रिया युवा संघका केन्द्रीय सचिव पर्शुराम बस्नेतले दिएका छन् । 

‘मोर्चाले हाम्रो कार्यक्रम बिथोल्ने मनसायले आउँदा प्रहरीसँग झडप भएको हो’, हामीसँग भएकै होइन हामीलाई के कारवाही हुनु ? बरु मानिस उरालेर ल्याउनेलाई कारवाही हुनुपर्छ ।’ 
विराटनगरमा मोर्चाले आफूहरुमाथि आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि युवा संघका कार्यकर्तासँग हानाहान हुँदा धाडेवा घाइते भएको बस्नेतले बताए । रक्सी पिएर लठ्ठ भएका धाडेवा स्कर्टिङको गाडी छेक्ने क्रममा घाइते भएको बस्नेतले बताए ।

एमाले भ्रातृसंगठन युवा संघले विहीबार गरेको मधेस जागरण कार्यक्रम बिथोल्न जम्मा भएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका क्रममा गोली चल्दा रंगेलीकी ५८ वर्षीया द्रोपतिदेवी चौधरी, बरडंगा–२ का ४५ वर्षीय महादेव ऋषिदेव र डायनिया–९ का २५ वर्षीय शिवु माझीको मृत्यू भएको थियो । तीनै शव कोशी अञ्चल अस्पतालमा राखिएको छ । 
 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments