न्यूजिल्यान्डमाथि नेपालको शानदार जित
|
फोटो :फाइल फोटो
काठमाडौं : बंगालदेशमा जारी आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी न्यूजिल्यान्डलाई ३२ रनले पराजितख गरेको छ ।
बङ्गलादेशको फल्तुल्लाहस्थित खानसाहेब ओसमान अलि रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २३९ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सबै विकेट गुमाउँदै ४७.१ ओभरमा २०६ रनमै सीमित भएपछि नेपालले सहज जित दर्ता गरेको हो ।
नेपाललाई जिताउने क्रममा दिपेन्द्र सिंह एरीले ३ विकेट लिए । त्यसैगरी प्रेम तामाङले २ विकेट तथा सन्दिप लामिछाने र सुनिल धमलाले १/१ विकेट लिन सफल भए ।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन जोड्न सफल भए । त्यसैगरी डेल फिलिप्सको नाममा ४१ रन रह्यो । जोस फिन्यले ३७ रन जोडे । नथन स्मिथको नाममा २४ रन रह्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान राजु रिजालको ४८ रनको मद्दतमा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २३८ रन बनाउन सफल भएको थियो ।
नेपाली टोलीका कप्तान राजु रिजालले ४८ रनको योगदान दिए भने सन्दिप सुनार र आरिफ शेखले समान ३९÷३९ रन जोडे । त्यस्तै, कुशल भुर्तेलले अविजित ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्कीले ६ रन जोडे भने प्रेम तामाङ चार रनमा अविजित रहे ।
प्रतियोगितामा ओपनरद्वय सन्दिप सुनार र सुनिल धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
प्रतियोगितामा समूह ‘डी’ मा रहेको नेपालले अघिल्लो चरण प्रवेशका लागि आज न्युजिल्यान्डविरुद्वको खेल निकै महत्वपूर्ण मानिएको छ । आजको खेलमा जित हासिल गर्नसके नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ ।
त्यस्तै, न्युजिल्याण्डका नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए भने क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रवीन्द्र र जोस फिन्नीले समान एक–एक विकेट लिए ।
नेपालले यसअघि सन् २००६ मा भएको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियनको उपाधि जितेको थियो । मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै विश्वकपको लागि छनोट भएको थियो ।
|
Category: News
0 comments