Hindi Films

पाकिस्तानी युवकसित बिहे गर्न भारतीय युवकले गरे लिंग परिवर्तन

Unknown | 05:44 | 0 comments


 
Gaurav
काठमाडौं । गौरव आफ्नो पाकिस्तानी प्रेमीका लागि लिङ्ग परिर्वतन गरेर मिरा बनेका छन् । थुप्रै मुस्किल अपरेसनपछि मिरा आफ्नो हुनेबाला श्रीमानको बाटो हेरिरहेकी छिन् र रिजवाजसँग उनको यो पहिलो भेट हुनेछ ।
२६ वर्षका रिजवान पाकिस्तानको सक्खर शहरका वासिन्दा हुन् । अहिले उनको पढाई समेत पुरा भएको छैन । दुवैको भेट फेसबुकमा भएको थियो । फेसबुकबाटै प्रेममा परे । रिजवान मार्चमा भारत जाने सोचमा छन् । उनी विवाह गरेर मिरालाई पाकिस्तान लैजान चाहन्छन् ।
मिरा कथक डान्सर हुन् र देश-विदेशमा आफ्नो कला देखाइरहेका छन् । उनले भारत सरकारको छात्रवृत्ति समेत पाएका थिए । नेपालमा इन्स्टिच्युट अफ फाइन आट्र्समा उनले गोल्ड मेडलसमेत जितेका थिए ।
मिराले भनिन्-‘मैले कत्थकमा पीएचडीका लागि ‘सुफिजम’ छनोट गरेँ र यहि सिलसिलामा मेरो भेट रिजवानसँग फेसबुकमा भयो । कुराकानी हुँदै जँदा हामीलाई लाग्यो कि एक-अर्कालाई प्रेम गर्छौं ।’
जब सम्वन्धलाई अघि बढाउने समय आयो, गौरवले लिङ्ग परिर्वतन गर्ने निर्णय गरे । यसका लागि उनले अहिलेसम्म १० लाख भारु खर्च गरिसके । उनी समलिङ्गीका रुपमा रहन चाहँदैनथे । उनले भने, ‘म रिजवानसँग पुरुषकै रुपमा रहन सक्थेँ । तर, समाजले गलत नजरले हेर्ने भएकाले यो निर्णय लिएँ ।’
‘अलग-अलग देशमा रहेर प्रेम गर्नु गाह्रो हुन्छ,’ रिजवान भन्छन्, ‘यदि ती देश भारत र पाकिस्तान हुन् भने त १०० प्रतिशत कठिन हुन्छ ।’ अब रिजवान भारत आएर मीरासँग बिहे गर्नेछन् । मिरालाई पाकिस्तान लैजान कानूनी प्रक्रिया सुरु हुनेछ ।
Mira
रिजवानले अझै भिसाका लागि आवेदन दिएका छैनन् । मिराले पनि आफ्नो सबै कागजपत्र एक महिलाको रुपमा बनाउनुपर्छ । यसपछि मात्र उनले एक विवाहित महिलाका रुपमा पाकिस्तान जाने अनुमति पाउने छिन् ।
मिरा भन्छिन्, ‘मेरो परिवारले छोराका रुपमा जन्माएका थिए । उनीहरुका लागि मेरो यो निर्णय ठूलो झड्का थियो । तर, अब मेरो फैसलामा उनीहरुको सहमति छ ।’
मिरालाई पूर्ण रुपमा स्वस्थ हुन अझै केही समय लाग्नेछ । लिंग परिर्वतनपछि उनको उपचार गराइरहेका डा. मिथिलेस मिश्राले भने, ‘आमरुपमा यो प्रक्रिया पुरा हुन २ देखि ३ वर्ष लाग्नेछ ।’ मिराको उपचार सुरु भएको एक वर्ष भइसक्यो ।
भारतीय-पाकिस्तानी वा महिला-पुरुष हुनुको मात्र सवाल छैन यहाँ । मिरा र रिजवानको अगाडि धर्मको पनि प्रश्न छ । मिरा मुसलमान बन्छिन् कि रिजवानले आफ्नो धर्म परिर्वतन गर्छन् ?
मिरा भन्छिन्, ‘रिजवान भारत आएर हिन्दु रीति अनुसार र म पाकिस्तान गएर त्यहाँको रिवाज अनुसार बिहे गर्नेछु । न म मुसलमान बन्छु, न उनी हिन्दु बन्नेछन् । हामी ईद पनि मनाउँछौं र दिवाली पनि ।’
 

Category:

0 comments