१२ दिनको बच्चा बन्धक बनाउने लुम्विनी मेडिकल कलेजको विगत पनि खराव
|
काठमाडौं– १२ दिनको बच्चा बन्धक बनाएर सुत्केरी आमालाई पैसा खोज्न पठाएर चर्चामा आएको पाल्पाको एक नीजि अस्पतालको विगतको रेकर्ड पनि खराव देखिएको छ । अस्पतालको बच्चा बन्धक बनाउने हर्कत सार्वजनिक भएपछि सरोकारवालाले विगतवारे जानकारी दिएका छन् ।
बच्चा बन्धन बनाउने लुम्विनी मेडिकल कलेजको विगत यस्तो रहेछ
–लुम्विनी मेडिकल कलेजमा शल्यक्रिया गरिएका केही विरामी पटक–पटक शल्यक्रिया गर्नुपर्दा आजित छन् । जतिपटक शल्यक्रिया गर्र्यो, उत्तिनै पटक विरामीले शल्यक्रियाको रकम पूरै असुलेर कलेजले विरामीमाथि आर्थिक शोषण गर्ने गरेको आरोप लागेको छ ।
–गत पुसमा कपिलवस्तुका धनिराम थारुको शल्यक्रिया गर्नुअघि ६५ हजार रूपैयाँ लिएको अस्पतालले एकसाता पछि फेरी बोलाएको थियो । दोश्रो पटक रकम नपुगेको भन्दै अस्पतालले थप रकम मागेर हैरान पारेको थियो ।
–त्यसैगरी तानसेनकी अर्चना तिवारीले पनि लुम्विनी मेडिकल कलेजमा दुईपटक मिर्गौलाको पत्थरी निकाल्न शल्यक्रिया गरेर दुःख पाईन । ‘कलेजका सिनियर डाक्टरसँग सल्लाह लिदा एकपटक अपरेशन गरेमा ठीक हुने बताउँछन्’ अर्चनाले त्यसबेला बताएकी थिइन्, ‘तर सुन्निने दुख्ने भएर दुःख पाएपछि पुनः शल्यक्रिया गर्नुपर्छ भनेर दोस्रोपटक पनि अपरेशन गराएँ ।’
–त्यहीँ कार्यरत डाक्टरले नै मेडिकल कलेजमा लगानी गरेकाले पैसा कमाउन सबै पत्थरी एकैपटक ननिकाल्ने गरेको विरामीको आरोप छ ।
–केही चिकित्सकले भने कलेज र स्वयंलाई पैसा आउने भएपछि कमिशनको चक्करमा जानीजानी दुईपटक शल्यक्रिया गराउन बाध्य बनाउने गरेको त्यहीँ कार्यरत स्वास्थकर्मी बताउँछन् ।
मेडिकल काउन्सिलको बदमासको सूचिमा
मेडिकल कलेजको नियामक निकाय मेडिक काउन्सिलले लुम्बिनी मेडिकल कलेजलाई ‘बदमास अस्पताल र डक्टर’ भएको अस्पतालको सूचिमा राखेको छ । गएको असोजमा काउन्सिलले सूचना जारी गरेर मानव स्वास्थ्यमा खेलबाड गरेर बदमासी गरीरहेको भन्दै देशभरीका मेडिकल कलेज सूचि सार्वजनिक गरेको थियो । सूचिमा लुम्बिनी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई बदमासको दर्जा दिएको थियो । जस अनुसार उक्त कलेजका बदमासी यसप्रकार छन्
–अस्पतालले नक्कली फ्याकल्टी खडा गरी चिकित्सकको नाम देखाएको ।
–काउन्सिलको निरीक्षणको बेलामा मात्र उनीहरुलाई उपस्थित गराउने गरेको ।
–भर्ना नगर्नुपर्ने विरामीलाई भर्ना गरेर अनावश्यक दुःख दिएको ।
–अस्पतालको बेड पूर्ण रुपमा खचाखच देखाउन अनुगमनको क्रममा बृद्धाआश्रमबाट बृद्धबृद्धा ल्याएर अस्पत्तालका बेडमा राखेको
–काउन्सिलले पटक–पटक अनुरोध तथा निर्देशन गर्दा समेत बेवास्ता गरेको ।
–स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अस्पताल डाक्टर पेशाप्रति ईमान्दार नभएको ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर कलेज भवन
उक्त कलेजले ऐतिहासिक एवं धार्मिक क्षेत्र प्रवास ताल क्षेत्र वरिपरिको सार्वजनिक जग्गा कब्जा गरेको आरोप छ । प्रवास तालक्षेत्र वरपरका धार्मिक क्षेत्र, सार्वजनिक, बगैचा र सरकारी जग्गा आफूलाई ‘समाजसेवी’ दावी गर्नेहरुले हडपेको प्रमाणित भएको स्थानीयले बताए । नेपालले केही महिनाअघि नै जिल्ला प्रशासन र नगरपालिकालाई कित्ता नै छुट्याएर सार्वजनिक जग्गा रोक्न माग गर्दै निवेदन दिएका छन् ।
प्रवास क्षेत्रकै झण्डै ७० रोपनी (प्रतिजग्गा) सरकारी अहिले कम भएको देखिएको जिल्ला मालपोत कार्यालयले स्रोतले बतायो ।
–०६२ मा मालपोत र नापी कार्यालयमा रहेको मुल नक्सा र कागजपत्र ध्यवस्त भएको मौका छोपेर जग्गा हडप्न नक्कली (बकसपत्र) बनाएको स्थानीयले बताए ।
–कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले आफ्नो नाममा बनाएको छात्राबास भवन (हाल लुमेकको नाममा नामसारी भईसकेको) ले समेत सरकारी जग्गा हडपेको देखाएको थियो ।
–सुर्यकुण्डको नाममा रहेको सात रोपनी जग्गाबाट मेडिकल कलेजले भवनसम्म पुग्ने बाटो बनाएको छ ।
डाक्टर नबनाउने कलेजको सूचिमा
–डाक्टर उत्पादन गर्ने भनेर खोलिएको कलेज भएपनि डाक्टरी पढाउने नाममा ठगी धन्दा गर्ने अस्पतालको सूचिमा सूचिकृत कलेज मानिन्छ । काउन्सिलको मापदण्ड नपुगी मेडिकल कलेज खोलेर पढाईको नाममा ठगी धन्दा गर्नेहरुको सूचिमा मेडिकल काउन्सील र अख्तियारले राखेका छन् । यसको प्रमाण यस्ता छन्
–एकसय पचास विद्यार्थी पढाउने अनुमति लिएको अस्पतालमा जम्मा ५ सय बेडमात्र रहेको रहेको भन्दै मेडिकल काउन्सिलले कार्वाहीको सूचिमा राखेको थियो ।
–उक्त कलेजमा फ्याकल्टी मेम्बरको समेत कमि भएको मेडिकल काउन्सिलले जनाएको थियो ।
–२०७० साल पुस ४ गते उक्त कलेजमा अख्तियारले छापा मारेर कमजोरी सुधार्न सिफारीस गरेको अस्पताल हो यो ।
–विद्यार्थीलाई ग्यारेण्टीसहित भर्ना लिएर मेडिकल शिक्षाको विक्री गरेको सुचिमा उक्त कलेज छ ।
गलत हल्ला मच्चाएर विरामीको शोषण
गलत हल्ला चलाएर विरामीको विचल्ली बनाउने अस्पत्तालको सूचिमा पनि यो अस्पताल दर्ज भएको छ ।
दुई वर्ष अघि गुल्मीको एक विरामीको विषयमा सरकारी अस्पतालको विषयमा गलत हल्ला फिँजाएर विरामी आफ्नोमा तान्ने रणनीति लिएको थियो । त्यतिबेला जिल्ला अस्पताल तम्घासमा अप्रेशनबाट बच्चा जन्माएकी एक महिलाको पेटमै कपडा छोडेको भनेर प्रचार गरी सरकारी अस्पतालमा बिरामी ठप्प बनाएर नीजिमा केन्द्रित गरीएको थियो ।

त्यसमा स्थानीय रेसुङ्गा अस्पतालसंग लुम्बिनीले सहकार्य गरेको थियो । तम्घासको सरकारी अस्पतालमा निक साईमन ईन्स्टीच्यूटको सहयोगमा जटिल किसिमको अपरेसन गरेरै बच्चा जन्माउने सु्विधा छ । उक्त सेवा ९९ प्रतिशत सफल पनि छ । तर रेसुङ्गा अस्पतालमा लगानी गरेका २ जना स्वास्थ्यकर्मीले नियतबस अर्खले घर भएकी एक महिलाको अप्रेशन गर्दा पेटमा कपडा राखेर छाडेका थिए । उक्त घटनाले महिलालाई कुनै असर नगर्दै ति स्वास्थ्यकर्मीले नै महिलालाई फोन गर्न लगाएर तपाईँको पेटमा कपडा छ भन्दै महिलालाई रेसुङ्गा अस्पताल बोलाएका थिए ।
पछि १५ दिन भन्दाबढी ति महिलालाई उपचारका लागि अन्यत्र जान नदिएर रेसुङ्गामै राखियो । पछि जटिल समस्या आएपछि लुम्बिनी मेडिकल कलेज संग सल्लाह गरेर उपचारका लागि पठाईयो । रेसुङ्गा र लुम्बिनीको प्रायोजनमा विभिन्न स्थानीय सञ्चारमाध्यममा समाचार प्रशारण गरी जनतामा भ्रम सिर्जना गरीयो ।

सरकारी अस्पतालमा सुत्केरी गराउँदा निःशुल्क हुने र १ हजार बाटोखर्च पाईने भएपनि त्यो समयदेखि जनता सरकारीको विश्वास गर्न छाडेका थिए । सरकारीका डाक्टरहरुले केही समय सेवा बन्द नै गरेका थिए । अहिले सेवा खुलेपनि त्यही दुईवर्ष पहिलाको भ्रमका कारण लुम्बिनी र रेसुङ्गाले सहकार्यमा बिरामी निचोरीरहेको आरोप त्यसक्षेत्रमा लागेकाहरुले बताउँछन् ।
सुत्केरी गराउन चर्को शुल्क लिएपछि भाग्नुपर्ने अवस्था
सरकारले अस्पतालमा सुत्केरी गराउँदा एक हजार रुपैयाँ बाटो खर्च स्वरुप दिने गर्दछ । तर, लुम्बिनीले सपनाले बच्चा जन्माउँदा ३५ हजार बढीको बिल उठायो । त्यही चर्को शुल्क उठेका कारण तिर्ने क्षमता नभएर श्रीमान बेपत्ता भएको हुनसक्ने कतिपयले आशंका गरेका छन् ।
अस्पतालले भने आईसियूमा राख्नुपरेका कारण धेरै शुल्क लागेको जनाएको छ । माघ ३ गते विहान भर्ना भएकी सपनालाई अप्रेशन गरेर सोही दिन तिन वजे एकदम कम तौलकी शिशु निकालिएको र एनआईसीयु कक्षमा राखिएको श्रेष्ठले जानकारी दिईन् ।
‘सुत्केरी आमाको अप्रेशन र औषधी अस्पतालले निशुल्क गरेको हो तर जम्मा १५ सय ग्रामको शिशु जन्मीएकोले यतिका दिन सम्म एनआईसियुमा राख्नु परेका कारण बढि खर्च उठेको हो ।’ अस्पतालकी नर्सीङ्ग सेक्टर ईन्चार्ज समा श्रेष्ठले भनिन् ।

अस्पतालका विवादित विषयमाथि कुरा गर्न खोज्दा अध्यक्ष पोखरेल सम्कर्पमा आउन मानेनन् ।
बच्चा बन्धक बनाएको घटना : एउटा समाचार जसले बन्धक बनेको १२ दिनको बच्चालाई आमाको काख दिलायो
|
Category: News
0 comments