Hindi Films

“माओवादीका एजेण्डा, नेतृत्व प्रचण्डको, जस लिने प्रम ओली ?”

Unknown | 21:38 | 0 comments

 prachanda-and-oli (1)
काठमाडौं, असार १९ । आज भन्दा ४ वर्ष अगाडि बिक्रम सम्बत २०६९ असोज ६ गतेका दिन प्रचण्ड पोखरा पुगे । शारीरिकरुपमा अस्वस्थ्य भएपछि आरामका लागि पोखरा आएको सचिवालयले जनाएको थियो ।
ठीक त्यही समय पोखराका जनता भने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने माग राखेर धर्नामा बसेका थिए । असौज ७ गते प्रचण्ड अनसनस्थलमा पुगे । अनसनस्थलमा उनले दावी गरे–तपाईंहरु ढुक्क हुनुस्– पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ । चीनसँग मैले प्रस्ताव लगिसकेको हो । औपचारिकता दिन बाँकी हो । (हेर्नुस् प्रचण्ड कार्यक्रमस्थलमा बोल्दै गरेको तस्वीर)
त्यसपछि अनौपचारिक र औपचारिकरुपमा प्रचण्ड चीन भ्रमणमा गए । चीन भ्रमणका बेला उनको एउटा मुख्य एजेण्डा पोखरा विमानस्थल थियो । प्रचण्डको चीन भ्रमणलाई यही विमानस्थलसँग जोडेर भारतीय र नेपाली मिडियाले समाचार समेत प्रकाशित गरे । भारतले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नचाहेको उसको आशय थियो ।
prachanda pokhara
नयाँ वर्षको आगमनसँगै पोखरा विमानस्थलको उद्घाटन भयो । प्रधानमन्त्री ओली, प्रचण्डलगायत प्रतिपक्षका नेताहरु शिलान्यास समारोहमा उपस्थित भए । प्रचण्डले त्यहाँ समेत भने– चीनलाई पोखरा विमानस्थल, केरुङ नाका, पारवहनलगायतका विषयमा मैले प्रस्ताव गरेको थिएँ । एमाओवादीका कमल घर्ती भन्छन्, “यो नितान्त प्रचण्डको पहल थियो, अहिले अरुले यसलाई क्यास गर्न खोजेपनि”
चीनसँग भएको पछिल्लो पारवहन सम्झौता होस् या पोखरा विमानस्थल वा फेरी भारतीय नाकाबन्दीको अन्त्य गर्ने विषय । राजनीतिकरुपमा बल्झिएका हरेक निर्णयका पछाडि प्रचण्ड जोडिएका छन् ।
यसको एकवर्ष अघि होला, प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनसँग नोभेम्बर ८ मा भेट गरे । भेटका अवसरमा प्रचण्डले बृहत्तर लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन मुनकसँग अपील गरे । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा मङ्गलबार भएको उक्त भेटमा महासचिव मुनले नेपालमा भएको शान्तिप्रक्रिया र नयाँ संविधान निर्माण सफलतापूर्वक सम्पन्न गर्न लिइएको कदमको प्रशंसा गर्दै प्रचण्डलगायत राजनीतिक दलहरुलाई धन्यवाद समेत दिए । यतिमात्रै नभएर उनले लुम्बिनीलाई विश्वशान्ति सहरको रुपमा विकास गर्न र बृहत्तर लुम्बिनी विकासका लागि नेतृत्व प्रदान गर्न स्वीकारोक्ति जनाए ।
Prachand Ban ki moon
यो वर्ष पोखरा विमानस्थलको शिलान्याससँगै लुम्बिनीमा समेत अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यसको जस भने प्रधानमन्त्रीले लिए ।
यस्ता थुप्रै उदाहरण छन्, जहाँ प्रचण्डले राष्ट्रिय एजेण्डाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । चीनसँग भएको पछिल्लो पारवहन सम्झौता होस् या पोखरा विमानस्थल वा फेरी भारतीय नाकाबन्दीको अन्त्य गर्ने विषय । राजनीतिकरुपमा बल्झिएका हरेक निर्णयका पछाडि प्रचण्ड जोडिएका छन् ।
“जसले पहल गरेपनि ठीकै हो, तर त्यसको अपब्याख्या गर्ने, त्यसलाई आफ्नो स्वार्थका लागि भजाउने काम भयाे  र जस भने प्रधानमन्त्री ओलीले लिन थाले” एमाओवादी केन्द्रमा अहिले तीब्र असन्तुष्टि देखिन्छ । कार्यालयको बैठक होस् या उनीहरुका अन्य कमिटिका कार्यक्रमहरु, त्यसमा हुने एउटा छलफलको विषय प्रधानमन्त्री ओली रहेका हुन्छन् ।
शिक्षामन्त्री गिरिराजमणी पोखरेलले ऐतिहासिक शिक्षा ऐनदेखि शिक्षाका क्षेत्रमा रहेका कतिपय निर्णयहरु पारित गरे । कतिपयले यसको जस प्रधानमन्त्री ओलीलाई दिए । सामाजिक सञ्जालमा पोखरा विमानस्थलजस्तै शिक्षामा भएको कानुनी परिवर्तनका लागि ओलीलाई बधाई समेत दिइयो । तर अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, प्रवक्ता सुरेन्द्र बस्नेतलगायतले टिप्पणी गरेका छन्– यो माओवादी सरकारको एजेण्डा थियो । त्यसलाई पास गराउन पनि माओवादी मन्त्री नै कुर्नुपर्यो । जे होस्, बधाई सबैलाई ।
माओवादी केन्द्रका एक नेताले भने, “प्रतिगामी सोच राख्ने हुन कमरेड ओली, अहिले हाम्रो पहल र एजेण्डालाई नै सत्ता टिकाउन क्यास गर्ने ?
एमाओवादी केन्द्रका एकजना सचिवालय सदस्यका अनुसार, अहिलेको बजेटको जस समेत ओली एक्लैले लिन खोजिरहेका छन् । उनले भने– यसपालीको बजेटमा समाहित भएका कतिपय विषय रहेका छन् । नाम छुटेका पूर्व लडाकुलाई सूचिकृत गर्नेदेखि घाइते, शहीद परिवारलाई सहयोग दिने कुरासम्म प्रचण्ड नेतृत्वले नै अगाडि सारेका विषय थिए । “भूकम्पपीडितलाई ५ लाख दिनुपर्ने प्रचण्डले माग गर्दै आएको बेला ओली पनि किस्ता समेत घटाउन तयार थिएनन, अन्तिममा नेपाली कांग्रेसले संसद नै अवरुद्ध गरेपछिको असहज परिस्थितिमा प्रचण्डले खेलेको भूमिका महत्वपूण छ” उनले भने ।
एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार भने– ओलीजीले घात गरे अर्थात् बेइमानी गरे । माओवादीका नेताहरु यो निष्कर्शमा पुग्नुका केही आधार रहेको दावी गर्छन । मुलुकको समग्र समृद्धि र सामाजिक न्यायका लागि वामपन्थीहरु मिलेर जानुपर्छ भन्ने मान्यता बोकेकै आधारमा प्रचण्डले ओली सरकार निर्माणका लागि ठूलो योगदान खेलेपनि ओलीले त्यो बिर्सेर सत्ता टिकाउन मात्रै सबैकुरा गर्न थालेपछि प्रचण्ड यस्तो निष्कर्शमा पुगेको एमाओवादी केन्द्रले दावी समेत गरेको छ ।
अहिले सामाजिक सञ्जालदेखि अन्य मञ्चहरुमा अरुका एजेण्डा, अरुको पहल र अरुको वैशाखी टेकेर उभिएका प्रधानमन्त्री ओलीलाई दिइएको जस अर्थहीन भएको विश्लेषकहरु बताउँछन् । “ओलीको भूमिका १६ बुँदे सम्झौता अघि के थियो भन्ने कुरा एकचोटी स्मरण गरौं त ?” माओवादी केन्द्रका एक नेताले भने, “प्रतिगामी सोच राख्ने हुन कमरेड ओली, अहिले हाम्रो पहल र एजेण्डालाई नै सत्ता टिकाउन क्यास गर्ने ?”
यो बहसले सरकारको भविष्यमा नै संकट पर्ने निश्चित देखिएको छ । प्रचण्डले सहमतिय सरकारका लागि पहल गर्ने त भनेका छन् तर प्रधानमन्त्री ओलीले उनकै भाषामा “बैगुनी” भूमिका देखाउँदै गएमा बहुमतीय सरकारका लागि समेत माओवादीले निर्णय नगर्ला भन्न सकिन्न । “राजनीतिमा इमान्दारिता ठूलो कुरा हो, राष्ट्रिय हितलाई दलगत या गुटगत स्वार्थका लागि प्रयोग गर्न थाले त्यो शक्ति धेरै दिन टिक्दैन” माओवादी केन्द्रका ती नेताले भने, “प्रधानमन्त्री ओलीले इमान्दारिता छोड्दै जाने र हाम्रा एजेण्डा र पहललाई गलतरुपमा प्रयोग गर्दै जाने अवस्थामा धेरै दिन काँध थाप्न सकिन्न”
Source: EverstNews

Category:

0 comments