Hindi Films

सर्पले टोक्दा यसो गर्नुहोस्, ज्यान बचाउने (भिडियो सहित )

Unknown | 09:55 | 0 comments

हिन्दु धर्ममा सर्पलाई भगवान शिवसँग सम्बन्धित भएका कारण नेपालभरी नागको पूजा गरिन्छ तर तराईबासीका लागि यही सर्प थुप्रै पटक जीवनकै लागि खतरा पनि बनेको छ । सर्पले टोकेका कारण हरेक वर्ष नेपालमा थुप्रै मानिसहरुको मृत्यु हुन्छ । हामी यसको खतराबाट कसरी बच्न सक्छौं, यस विषयमा जानकारी लिऔंः
नेपालमा कोब्रा, कोरेतलगायत विभिन्न किसिमका सर्पहरु पाइने गरिन्छ । त्यसमध्ये निकै थोरै सर्पहरु विषालु छन् । बाँकी सबै गैर विषालु छन् । यसको अर्थ निकै कम सर्पहरुले टोक्दा मात्र ज्यान जाने खतरा हुन्छ । तर यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने थुप्रै पटक विषभन्दा पनि त्यसको डर घातक सिद्ध हुन्छ । सर्पले टोकेको डर पनि यस्तै हो । धेरैजसो अवस्थामा मानिसहरुको मृत्यु विषको कारणले नभई डरको कारणले हुन्छ ।
तर हामीले थोरै सावधानी र होसियारी देखायौं भने सर्पले काटिसकेपछि पैदा हुने खतराबाट बचाउन सकिन्छ ।
सर्पले जतिबेला मानिसलाई टोक्छ तब त्यसको दाँतको विष शरिर भित्र प्रवेश गर्ने गर्दछ । यो विष माथितर्फ आउने गर्दछ । उदाहरणको लागि यदि हात र खुट्टामा सर्पले टोकेको छ भने विष सर्वप्रथम मुटुतर्फ जान्छ त्यसपछि पूरा शरिरमा जानेछ ।
snakeसर्पले जहाँ टोकेपनि विष पहिला मुटुमा नै जान्छ त्यसपछि मात्र शरिरमा फैलिनेछ । विष पूरा शरिरमा फैलिनका लागि ३ घण्टा लाग्छ । अर्र्थात्, बिरामी ३ घण्टासम्म जीवित रहने सम्भावना हुन्छ । यही तीन घण्टा बिचमा बिरामीलाई के गर्न सकिन्छ, त्यसबारे जानकारी लिऔंः
घरमा कुनै पुरानो इन्जेक्सन भएमा त्यसको अगाडिको सुइको भागलाई काट्नुहोस् । सुई जुन प्लाष्टिकमा फिट हुन्छ त्यही प्लाष्टिकलाई काट्नुहोस् । सुइलाई काटेपछि त्यो एउटा पिचकारी जस्तो देखिन्छ ।
snake2त्यसपछि तपाईं बिरामीलाई सर्पले टोकेको ठाउँ पत्ता लगाउनुहोस् । सर्पले टोकेको ठाउँ सुन्निएको हुन्छ । अब तपाईंले उक्त काटिएको इन्जेक्सनलाई टोकेको दुई निशानमध्ये एकमा राख्नुहोस् । जब तपाईं निशानामाथि इन्जेक्सन राख्नुहुन्छ तब त्यो घाउमा टाँसिएर एउटा भ्याक्युम क्रियट हुन्छ । जब तपाईं सुइलाई तान्नुहुन्छ तब त्यसमा रगत भरिन्छ ।
तपाईं इन्जेक्सनलाई तान्दै गर्नुहोस् । पहिलो पटक निकालिएको रगतको रंग हल्का कालो हुन्छ अथवा गाढा कालो हुन्छ । यस्तो भएमा थाहा पाउनुस् कि रगतमा विष मिसिएको छ । जबसम्म रगतको रङ कालो र गाढा कालो देखिन्छ तबसम्म रगत निकालिरहनुहोस् । यो प्रक्रिया दोहोराउँदा सम्पूर्ण विष बाहिर निस्कन सफल हुन्छ ।
सर्पले टोक्दा जुन पदार्थ निस्कन्छ त्यसमा विषको मात्रा ०.५ मिलिग्राम मात्र हुन्छ । योभन्दा बढी सर्पको दाँतमा अड्नै सक्दैन । दुईतीनपटक रगत निकाल्दा नै विष बाहिर आइसक्छ ।
त्यसपछी तपाईंले बिरामीमा केही परिवर्तन आइसकेको देख्नुहुन्छ । विषालु सर्पले टोकेपछि व्यक्ति बेहोस अर्थात बेहोसीको हालतमा पुगेको हुन्छ र विष बाहिर निकालिसकेपछि उनमा चेतना आएको हुन्छ । यस्तो हालतमा उनको मृत्यु हुँदैन । तपाईं प्राथमिक उपचारको लागि यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
यस्तो स्थितीका लागि एउटा अर्को औषधी पनि छ । यदि तपाईं चाहनुहुन्छ भने त्यसलाई घरमा सधैं राख्न सक्नहुन्छ । यो होमियोपेथिक औषधीको नाम नाजा हो । यो कुनै पनि होमियोप्याथिक औषधी पसलमा पाइन्छ ।
 स्रोत: रातो पाटी 

Category:

0 comments