Hindi Films

देसको रक्षा गर्नेहो भने चित्र बहादुर पथमा प्रधानमन्त्री मात्र होइन ,सबै नेपाली जान जरुरी छ।

Unknown | 22:37 | 0 comments


काठमाडौं– धेरै ठट्टा र थोरै गंभीरता प्रधानमन्त्री केपी ओलीका परिचय बन्न पुगेका छन् । संघीयता जस्तो संवेदनशिल विषयमा पछिल्लो पटक आएको उनको अभिव्यक्तिले संविधान कार्यन्वयन प्रधानमन्त्री ओलीको प्राथामिक कार्यसूची होइन जस्तो देखाउँछ । सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक प्रतिष्ठानले शुक्रबार काभ्रेको धुलिखेलमा गरेको ‘संघीयतामा प्रशासनिक पुनर्संरचना’ विषयक गोष्ठीमा प्रधानमन्त्री ओलीले संघीयता ‘बाख्रालाई भैँसीको सिङ हालेजस्तो हुनसक्छ’ भनेर जुन अभिव्यक्ति दिएका छन्, यसले प्रधानमन्त्री ओली संघीयतामा गंभीर नभएको नै संकेत गर्छ ।
उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेतृत्व गरेको जनमोर्चा अहिले संघीयताको खारेजीको मा गर्दै आन्दोलनमा छ । चित्रहादुरको सोचसँग मेल खाने गरि अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले देशमा संघीयता विरोधी समूहहरुलाई बढावा दिएका छन् । ‘देश संघीयतामा गएपछि जनतालाई प्रभावकारी सेवा तथा सुविधा दिन नसके बाख्राको टाउकोमा भैँसीको सिङ जोडेजस्तै हुने’ ओलीको भनाईले सवैभन्दा बढी उत्साही चित्रबहादुर र उनको पार्टी नै भएको हुनुपर्छ । ओलीको यो अभिव्यक्ति चित्रहादुरपथतर्फ उन्मुख छ । ंघीय प्रदेश र स्थानीय सरकार ठूलो भएकाले मुलुकले धान्न नसक्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति संविधानको मूल मर्म र उनकै पार्टी एमालेको राजनीतिक नारा विपरित छ ।
एमालेले संविधान निर्माणका क्रममा पहिचान र सामथ्र्यका आधारमा हिमाल, पहाड र तराई जोडिने गरी ६ वा ७ प्रदेश बनाइनुपर्ने निर्णय गरेको थियो । बहुपहिचानको प्रदेश हुनुपर्ने र नामांकनको जिम्मा प्रदेश संसद्लाई दिनुपर्ने एमालेको संस्थागत अडान छ । गणतन्त्र र संघीयताप्रति ओलीको विगतको जुन छवि थियो, उनी त्यहीँ ठाँउमा पुग्न थालेका हुन त ? बहस पैदा भएको छ । संघीयता विरोधी आन्दोलन गरिरहेको उपप्रधानमन्त्री चित्रबहादुर केसीमाथि प्रधानमन्त्री ओलीले किन लगाम लगाउन सक्दैनन् ? यो पेचिलो प्रश्न उठिरहेको थियो । जव प्रधानमन्त्री आफै संघीयता विरोधी मत दिन थाल्छन्, चित्रबहादुर केसीलाई कारवाही होइन हौसला मिल्छ । आज चित्रबहादुरको लाइनमा बोलेका प्रधानमन्त्री ओलीले भोलि गणतन्त्र र धर्मनिरपेक्षता विरोधी आन्दोलनमा लागेका उपप्रधानमन्त्री कमल थापाको लाइनमा अभिव्यक्ति दिदैनन् भन्ने आधार भेट्टिदैन ।
Chitra bahadur KC (2) (2)
प्रधानमन्त्री ओलीले मंसिरमा स्थानीय तह, ०७४ वैशाख–जेठमा प्रदेश तह र ०७४ को कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गरिने कार्यतालिका बनाएका छन् ।संविधानको धारा १६३ मा व्यवस्थाअनुसार प्रदेश प्रमुखको नियुक्ति आगामी चैतभित्र गर्नुपर्ने छ । प्रदेशको अस्थायी राजधानी पनि चैतभित्रै तोकिसक्ने कार्यतालिकामा उल्लेख छ । ओली सवै चुनाव गराएर सरकार छाड्ने मुडमा छन् । तर, अभिव्यक्ति त्यसका विरुद्ध दिन्छन् । ओलीको यो अभिव्यक्ति संघीयताका पक्षपातीहरुका लागि चिन्ताको विषय हो र प्रधानमन्त्रीको विकल्प खोज्ने ठाँउ पनि ।
प्रधानमन्त्री ओलीले ‘संघीयताको स्वरूप र संरचनाअनुसार केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारको हैसियत बराबर हुँदैन । जनताले धान्न नसक्ने संघीय संरचना बनाइए समय आएपछि नेपाली जनताले नै अस्वीकार गर्छन् ।’ भनेर आन्दोलनबाट प्राप्त भएको संघीयतालाई नजरअन्दाज गरेका छन् । यो संघर्षका बलमा ल्याइएको परवर्तनका अपमान हो । एमालले यसवारे आफ्नो धारणा बाहिर ल्याउनुपर्छ । ओलीले भनेका छन्, ‘संघीयतामा हामी हुत्तिएर अघि बढ्न पनि सक्दैनौँ र जडताबाट ग्रसित भएर रहन पनि सक्दैनौँ । त्यसैले सन्तुलित ढंगले अघि बढ्न आवश्यक छ । अन्यत्रको संघीयताजस्तो ठ्याक्कै अनुसरण गर्न पनि सकिन्न ।’ ओलीले तराई–मधेश, आदीवासी–जनजाती, थारु–मुस्लिमजस्ता समुदायका जायज माग सम्बोधन गरेर संघीयता कार्यन्वयनको सहज बाटो खोज्नुको सट्टा उट्पट्याङ अभिव्यत्ति दिएर राष्ट्रिय एकतालाई थप खलबल पार्न खोजेका छन् । प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले देशको राजनीतिलाई थप धुव्रीकरण बनाउन सक्छ, जुन आगामी दिनमा संविधान कार्यन्वयनका लागि जटिलता बनेर आउन सक्छ ।kamal thapa
ओलीको यस्तो अभिव्यक्ति उनको नेतृत्वको सरकार धरापमा पर्न थालेको बेला आएको छ । नेपालको संघीयताप्रति छिमेकी असन्तुष्ट छन् । उनीहरुको चासो सम्बोधनका लागि प्रधानमन्त्री ओलीले संघीयता विरोधी मत राखेका हुन् कि भनेर प्रश्न पनि उठन सक्छन् । आफ्नो नेतृत्वको सरकारको निरन्तरताका लागि ओलीले यो बाटो खोजेका पनि हुन सक्छन् । संविधानले संस्थागत गरेका परिवर्तनको सुनिश्चता खोजिरहेका माओवादी केन्द्रका लागि ओलीका यस्ता अभिव्यक्ति सहज लाग्ने छैनन् । र अन्तत: यसको असर गठबन्धन भत्किनेमा जानेछ । प्रधानमन्त्री ओलीलाई समयमै ‘ब्रेक’ लगाउन सकिएन भने उनी चित्रबहादुरपथबाट पनि अगाडि बढेर कमल थापापथमा जान सक्छन्, किनभने गणतन्त्रलाई उनले ‘बयल गाढा चढेर अमेरिका जाने असम्भव यात्रा’ भनेको धेरैले बिर्सका छैनन् ।
 Source: Ratopati

Category:

0 comments