Hindi Films

गोलभेडाले गर्छ धुम्रपानले गरेको असरलाई कम- जानौँ अन्य फाइदा

Unknown | 08:06 | 0 comments


(20 Feb) कुशल श्रेष्ठ गोलभेडा भनेको यस्तो तरकारी/फलफूल हो, जसलाई विश्वभरी नै प्रयोग गरिन्छ। जस्तोसुकै खानामा पनि गोलभेडालाई प्रयोग गर्न मिल्दछ। यसलाई काँचै खान पनि सकिन्छ भने पकाएर, सुप बनाएर अथवा जुस बनाएर पनि प्रयोग गर्न सकिन्छ। विश्वभरी करीब २५ हजार प्रजातीका गोलभेडा पाइन्छन् र चिकित्साक्षेत्रमा पनि गोलभेडालाई पोलेको, जलेको अनि काटेको घाउलाई राहत प्रदान गर्नको लागि प्रयोग गरिन्छ। साथै यसको नियमित तर नियन्त्रित सेवनले क्यान्सरको खतरालाई समेत टाल्न सक्दछ भने मुटुको स्वास्थ्यमा समेत सुधार ल्याउँदछ। यसले हाम्रो छाला, कपाल, नङ् र हाडजोर्नीलाई समेत बलियो बनाउँदछ। गोलभेडाको स्वास्थ्य फाइदाको कुरा गर्ने हो भने थुप्रै छन्, किनभने यसमा प्रशस्तै पौष्टिक तत्व अनि खनिज पदार्थहरू पाइन्छन्, तर प्रायःलाई यसको बारेमा जानकारी नभएकोले यसलाई 'त्यति मन नपराइने खानेकुरा'को रूपमा चिनिन्छ। गोलभेडामा 'पोटासियम' नामक खनिज पदार्थ पाइन्छ, जसले हाम्रो रक्तनसा र मांशपेसीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेल्दछ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँदछ भने रक्तचापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्दछ। साथै यसले मृगौलाको फोहोर पदार्थ छान्ने प्रक्रियामा समेत सहयोग पुर्याउँदछ। गोलभेडाको आकार, गुणस्तर र पाकेको/नपाकेकोले त्यसमा रहेको पोटासियमको मात्रामा फरक पर्दछ, त्यसैले अत्याधिक मात्रा पोटासियम चाहनुहुन्छ भने राम्रोसँग पाकेको गोलभेडालाई यत्तिकै खानु उचित हुन्छ। गोलभेडामा भिटामिन-सी, भिटामिन-ए र बेटा-क्यारोटिन नामक एण्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एण्टिअक्सिडेन्टले फ्रि राडिकलद्वारा क्षय भएका हाम्रा कोषहरूलाई निको बनाउने काम गर्दछ। यसले हामीलाई स्वस्थ महशुस गराउनुको साथै हामीलाई सुन्दर अनि आकर्षक देखिन पनि मद्दत गर्दछ। जस्तै; यसले हाम्रो कपाललाई चम्किलो र बलियो बनाउँदछ भने हाम्रो आँखाको शक्तिमा पनि सुधार ल्याउँदछ, साथै छालालाई पनि नरम बनाइराख्दछ।
 मानवशरीरमा प्रचुरमात्रामा क्याल्सियम पाइन्छ। तर १% क्याल्सियम शरीरका रक्तनसा, मांशपेसी र स्नायू प्रणालीले प्रयोग गर्दछ भने बाँकी ९९% क्याल्सियम हाडजोर्नी र दाँतले राख्दछ। मानिसको उमेर जति बढ्दै गयो, दाँत र हाडले पनि उत्ति नै बढि क्याल्सियम लिन थाल्दछ। क्याल्सियम पाइने अर्को श्रोत भनेको दूध पनि हो, तर दूधले अधिकांशलाई एलर्जी अथवा ग्यास्ट्रिकको समस्या गराउने हुनाले दाँत र हाडजोर्नी बचाउनको लागि गोलभेडा खानु सबैभन्दा राम्रो उपाय हुन जान्छ। गोलभेडामा पाइने अर्को खनिज पदार्थ हो- क्रोमियम, जसले हाम्रो शरीरको इन्सुलिनको मात्रालाई ह्वात्तै बढाउँछ र रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहज बनाउँछ। त्यसैले मधुमेहलाई नियन्त्रण र रोकथाम गर्ने उपाय मध्ये पाकेको गोलभेडालाई यत्तिकै खानु पनि पर्दछ। चुरोटमा पाइने 'कार्सिनोजेन्स'ले हाम्रो फोक्सो र स्वासनलीलाई असर गर्दछ भने गोलभेडामा पाइने 'कौमेरिक एसिड' र 'क्लोरोजेनिक एसिड'ले उक्त असरलाई निको गराउँदछ। यो एक प्रकारको एण्टिअक्सिडेन्ट हो जसले शरीरको आन्तरिक अङ्गमा हुने जलन र पीडालाई कम गराउँदछ। धारिलो हतियारले काटेको अथवा आगो (तातो वस्तु)ले पोलेको ठाउँमा असाध्यै जलन भएको छ एकैछिनमा राहत पाउन चाहनुहुन्छ भने, पाकेको रातो गोलभेडा निचोरेर पोलेको भागमा लगाइदिनुहोस्। यसमा पाइने एण्टिअक्सिडेन्टले जस्तोसुकै जलनलाई पनि राहत दिने काम गर्दछ। पाकेको फलफूल तथा सागसब्जीमा अरूमा भन्दा बढि ब्याक्टेरियाले सङ्क्रमण गर्ने सम्भावना हुन्छ। त्यसैले गोलभेडा किन्दा राम्रोसँग हेरेर नकुहिएको, नगिल्थिलिएको, घाउचोट नलागेको छानेर मात्रै किन्नुहोला।

Category:

0 comments