‘कम्बोडियन चेली’को घरायसी झमेला
|
यसबाहेक भाषा समस्या, खानपान, पारिवारिक वातावरण नमिल्नु र आमाबाबुको सम्झनाले उनलाई पिरोलेको हो । भिसा नभएर फर्किन नसकेकी उनी दिनभर खेतीपाती र सुँगुर पालनमा व्यस्त रहन्छिन् ।
वैदेशिक रोजगारीको सिलसिलामा तीन बर्ष अघि मलेसियामा रहेका बछनपुर्वा ६ का रविन्द्र चौधरीसित प्रेम सम्बन्ध भएपछि कम्बोडियन छेतछुत नेपाल आएकी थिइन् । उनीसित साढे दुई बर्षका एक छोरा छन् ।
छेतछुत भन्छिन् ‘अब कुनै हालतमा बस्न सक्दिनँ, छोरा लिएर कम्बोडिया जान चाहन्छु । जानलाई कसैले सहयोग गरिदिए खुसी हुन्थे । घरमा आमा र बाबुले बोलाउनु भएको छ । मलाई यहाँ थुप्रै समस्या भएकाले बस्न मन लागेको छैन् ।’ पति झैं स्वीकारिसकेको रविन्द्र र उनका उनका जेठी पत्नीको व्यवहारले आफुलाई दुखि:त बनाएको उनले बताइन् ।
इच्छाएको खाने कुरा खान नपाएकोले बाबुसित कम्बोडियाबाट पैसा मगाएको उनले बताइन् । उता रविन्द्र भन्छन्, ‘एक ठाउँमा बस्दा जसको घरमासमेत समान्य खटपट हुने झैं आफ्नो घरमा पनि समान्य खटपट भएको छ । तर त्यो ठूलो समस्या छैन् । आमाबाबुको सम्झनाले आतिएकी छिन् ।’ पत्नी बनाएको छेतछुतलाई मायापूर्वक राख्न आफ्नो परिवार आफू तयार रहेको उनले बताए । रविन्द्रसित जेठी पत्नीसहित तीन छोराछोरीसमेत छ । रविन्द्रका बाबु दिनानाथ चौधरी भन्छन् ‘दुबैबीच ‘कोर्ट म्यारेज’ गराइदिन र नागरिकता बनाइ दिन सरकारी निकायमा धेरै प्रयास गरें । तर प्रमाणको अभावमा नत नागरिकता बनेको छ, नत ‘कोर्ट म्यारेज हुन सकेको छ । कम्बोडियनलाई आफ्नो घरमा परिवारको सदस्य स्वीकारि सकेका छौं ।’
उनी खुसीले कम्बोडिया फर्के पनि आफुहरु खुसी रहने उनले बताए । भन्छन् ‘तीन महिना अघि घरमा समान्य खटपट पर्दा गाउँलेको उक्साहटमा परेकी छेतछुत एक पटक प्रहरी चौकी पुग्दा सम्झाइ बुझाई मिलापत्र गरी ल्याएँ ।’ समान्य लेखपढ गर्नसक्ने कम्बोडियन छेतछुत अंग्रेजी बोल्न जान्दिनन् । कम्बोडियाको मातृ भाषा बिर्सिएकी छिन् ।
तर मलेसियन र थारु भाषा भने कामचलाउ बोल्छिन् । कम्बोडियाको कम्पोङचाम, तबोखखमोम र डब्बईमासमेत दाजुभाइहरुको घर भएको बताउने उक्त महिलाले आफुसित आमाबाबुसहित पाँच दाजुभाइ र तीन दिदी बहिनी भएको बताउँछिन् । भएकी ती महिलालाई अहिले नेपाल बस्न सकस छ । खेतीपाती र घरायसी काम गर्न साह्रै मिहनेती छेतछुत सातादेखि ज्वरोले थलिएकी छिन् । खेतीसँगै सुगुर र कुखुरा पालनमा व्यस्त रहन्छिन् । उनीसित नागरिकता छैन् । घर फर्किन न त भिसा नै छ । रविन्द्र र उनका परिवारले सल्लाह गरेर विवाह दर्ता बनाइदिएका छन् ।
तर उक्त जन्म दर्ताको कागज हराएको उनीहरु बताउँछन् । ‘कम्बोडियन साह्रै मिहनेती र मिलनसार व्यवहारकी छिन् । तर घरको आमाबाबु र दाजुभाईको चिन्ता सताएकोले केही समयदेखि दिनभर ब्याकुल रहन्छिन्,’ बछनपुर्वाकी एक महिलाले भनिन्, ‘बस्नलाई उनलाई सकस भएको छ ।’ यसरी आइन् नेपाल कम्बोडियाकी ३५ बर्षीया छेतछुत र बछनपुर्वा ६ का ३० बर्षीय रविन्द्र चौधरी मलेसियाको सेलेङगरस्थित फर्मोसा भन्ने परसोनी नामक रसायन तथा स्पीकर बनाउने उद्योगमा तीन बर्ष अघि सँगै काम गर्थे ।
उनीहरुको तीन बर्षे बसाईंको क्रममा प्रेम भयो । र नेपाल फर्किने सल्लाह गरे । सल्लाह अनुसार कम्बोडियाको डब्बइ गाउँकी पिता जोटछत र माता चोनइमकी छोरी छेतछुत मलेसियाबाट कम्बोडिया फर्किइन् । त्यहाँबाट भारतको लागि पर्यटकीय प्रवेशाज्ञा (टुरिष्ट भिसा) बनाइन् । र केही दिनपछि दिल्ली आइपुगिन् । दिल्ली आइपुगेकी छेतछुतलाई रविन्द्रले नेपाल ल्याउन चाँजोपाँजो मिलाएका रहेछन् ।
मलेसियाबाट फोन गरी रविन्द्रले आफन्तलाई दिल्ली पठाए । आफन्तले ती महिलालाई दिल्लीबाट सोझै रक्सौल हुँदै बछनपुर्वा ल्याए । छेतछुत बछनपुर्वा पुगेको १५ दिन पछि रविन्द्र पनि मलेसियाबाट घर फर्के । तीन बषैदेखि दुबै पति–पत्नी झैं बसिरहेका छन् । अहिले उनीहरुसित साढे दुई बर्षको एक छोरा छन् ।
|
Category: News
0 comments