Hindi Films

पूर्व राजा ज्ञानेन्द्रको नाममा राष्ट्रिवादी कार्ड फ्याकिदै

Unknown | 09:57 | 0 comments

धनगढीमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले राष्ट्रियताको संरक्षणका लागि पूर्वराजासँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनु भएको छ । तर अहिल्यै यो विषयमा पूर्वराजासँग छलफल भने नभएको उहाँको भनाइ थियो । क्रान्तिकारी पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा माओवादी सचिव चन्दले स्वाधिनतामाथि कालो बादल मडिरहेकाले स्वाधिनताको पक्षमा एकाकार हुनेहरुसँग सहकार्य हुने बताउनु भयो ।
यसबारे बीबीसी नेपाली सेवासँग कुरा गर्दै विप्लवले राजा भन्ने शब्द प्रयोग नगरि ज्ञानेन्द्रसँग सहकार्य हुने बताउनु भयो । पूर्व राजावादी र सैनिक अधिकारीहरुसँग वार्ता गरेकोबारे सोधिएको प्रश्नमा विप्लवले पूर्व सैनिक अधिकारीहरुसँग छलफल भएको स्वीकार गर्नु भयो ।हिजो क्रान्तिका नायक भनेकाहरुलाई गद्दार र आफैंले फालेका राजालाई राष्ट्रवादी देखेको हो भनि सोधिएको प्रश्नमा उहाँले व्यवहारले कांग्रेसभन्दा एमाले र एमालेभन्दा प्रचण्ड-बाबुराम बढी राष्ट्रघाती देखिएको बताउनु भयो । उहाँले कम्बोडियोमा जस्तै पूर्व राजाहरुले राष्ट्रियताको संरक्षणका लागि भूमिका खेल्न सक्ने बताउनु भयो । आचारसंहिता लागू भएको भन्दै, राहत नबाँड्न निर्वाचन आयोगले निर्देशन दिएकै भोलिपल्टै दार्चुला पुगेर राहत बाँडेका पूर्व राजा ज्ञानेन्द्र र हिमानी कोषलाई कैलालीमा भने राहत वितरणमा रोक लगाईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला दैवी प्रकोप उद्धार समितिले कैलालीको टीकापुरमा राहत बाँड्न गएका पूर्व राजा र हिमानी कोषलाई राहत वितरणमा रोक लागाएको हो ।विहीबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले निर्वाचन आचार संहितामा कुनै पनि संघसंस्था वा ब्यक्तिले राहत बाँड्न नपाउने ब्यवस्था भएको भन्दै हिमानी कोषलाई टीकापुरमा राहत वितरण नगर्न निर्देशन दिएको थियो ।त्यसका बावजुद पनि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, हिमानी कोषकी अध्यक्ष हिमानी शाहसहित कोषको टोली टीकापुर पुगेको थियो । टीकापुरको खुलामञ्चमा वितरणका लागि राखिसकेको राहत सामाग्री कोषले जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाईटी कैलालीलाई बुझाएको छ ।जिल्ला दैवी प्रकोप उद्धार समितिले आफैं बाँड्न नपाउने निर्णय गरेपछि हिमानी कोषले बोलाएर राहत सामाग्री हस्तान्तरण कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिनुभयो ।हिमानी कोषले जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत चिरञ्जीबी घिमिरे र नेपाल रेडक्रस सोसाईटीका सभापति उत्तम जोशीलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । पूर्व राजाले ‘राहत वास्तविक पीडितको हातमा परोस र तपाई नै बाँडिदिनुस’ भनेको प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।हिमानी कोषले टीकापुर र बर्दियाको राजापुर क्षेत्रका ८ सय ६० जनाका लागि १५ किलो चामल, भाँडाकुँडा, लुगा कपडा र ९ सय विद्यार्थीका लागि स्कूलको पोषाक कापी कलम र विस्कुट टीकापुर लगेको थियो ।प्रशासन र रेडक्रसलाई राहत हस्तान्तरण गरेपछि पूर्व राजपरिवारका सदस्य टीकापुर पार्क घुम्न गएका थिए ।पुरा भिडियो हेर्नुहोस् ।

Category:

0 comments